भाषिकआन्दाेलनका अगुवा  पद्मरत्न तुलाधरलाई प्रेम-माेहन सिरपाः (पुरस्कार)

भाषिकआन्दाेलनका अगुवा पद्मरत्न तुलाधरलाई प्रेम-माेहन सिरपाः (पुरस्कार)

मेट्रो संवाददाता

२६ असोज २०७८ १८:१०

काठमाडाैं । यसवर्षकाे प्रेम-माेहन सिरपाः (पुरस्कार) भाषिकआन्दाेलनका अगुवा पद्मरत्न तुलाधरलाई प्रदान गरिएकाे छ ।

मंगलबार नेपाः ब्यांक्वेटकाे सभाहलमा बंशीकृष्ण डंगाेलकाे सभापतित्व तथा जनकवि दुर्गालाल श्रेष्ठकाे प्रमुख आतिथ्यमा भएकाे एक भव्य समाराेहका बीच स्व. तुलाधरका धर्मपत्नी निलशाेभा तुलाधरले उक्त पुरस्कार ग्रहण गर्नुभएकाे छ ।

स्व. माेहनकृष्ण डंगाेलले गुरू प्रेमबहादुर कसाःकाे सम्झनामा स्थापित ‘प्रेम-माेहन सिरपाः’ उपन्यास र नाटक विधालाइ पालैपालाे दुईवर्षकाे एकपटक प्रदान भइरहेकाे छ ।

यसपटक नाटक विधामा स्व. पद्मरत्न तुलाधरकाे ‘ग्वय्दां’ले याे पुरस्कार जित्न सफल भएकाे छ । यस पुरस्कारकाे धनराशी रू. ५० हजार रहेकाे छ ।

स्व. माेहनकृष्ण डंगाेलका धर्मपत्नी गिता डंगाेल अतिथिका रूपमा उपस्थित भएकाे उक्त कार्यक्रममा मथुरा साय्‌मिले पुरस्कृतकाे नाम घाेषणा गर्नुभएकाे हाे ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता