मेट्रो संवाददाता
१४ मंसिर २०७८ ६:४५

कीर्तिपुर नगरपालिका वडा नं.२ स्थित प्यंगःथांमा यही मंसिर ८ गते बुधबार करुणामय देगः (रातो मछिन्द्रनाथ मन्दिर)मा क्षमा पुजा गरी जिर्णाेद्धार गरेको छ ।
कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले मन्दिरको छाना भत्काई जिर्णाेद्धारको शुभारम्भ गर्नु भएको हो । साँस्कृतिक एवं ऐतिहासिक महत्वको उक्त मन्दिर जिर्णाेद्धारका क्रममा कोही कसैलाई केही बाधा बिघ्न नहोस् भनेर क्षमा पुजा पनि गरेको थियो ।
क्षमा पुजामा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का र वडा नं. १ का अध्यक्ष हर्ष महर्जन, मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकुमारी महर्जनलगायत सहभागी हुनुभएको थियो ।
नगर स्तरीय सो योजनाको कूल लागत २० लाख ५७ हजार रहेकोमा नगरपालिकाले १४ लाख ४० हजार बजेट बिनियोजन गरेको छ भने बाँकी रकम उपभोक्ता समितिले बेहार्ने बताइएको छ ।
यसका लागि गत कार्तिक २२ गते नगरपालिकामा सम्झौता सम्पन्न भैसकेको छ भने आगामी माघ ३० गतेसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ । पाटनमा रातो मछिन्द्रनाथको जात्राको क्रममा मछिन्द्रनाथ तान्ने चारदिन अघि पान्जुहरूले मछिन्द्रनाथको फूल यस मन्दिरमा ल्याइ यहाँ
रहेको ढुङ्गामा यहीँकै एकजना अविवाहित महिलालाई चढाइने परम्परा रहेको छ ।
यस अविवाहित महिलालाई स्थानीय भाषामा “याकः मिसा” भन्ने चलन छ र उनलाई मछिन्द्रनाथको “प्रेमिका” पनि भन्ने गरिन्छ । यसरी फूल चढाइ सकेपछि कीर्तिपुरबासीहरूको “लःकी” (एक प्रकारको चामल, फूल आदि) लिई पाटनको पुल्चोकमा विराजमान हुनुभएका करुणामय (मछिन्द्रनाथ)लाई चढाउने परम्परा आजसम्म पनि रहि आएकोले कीर्तिपुरको चामल, फूल मछिन्द्रनाथलाई नचढाएसम्म जात्रा गर्न नहुने जनधारणा यथावत रहेको पाइन्छ ।

RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


