मेट्रो संवाददाता
२३ मंसिर २०७८ २०:००

काठमाडौं। ट्री इन्टरटेन्टमेन्टकाे प्रस्तुतिमा नेपालभाषाकाे ‘धाये मफुत…’ बोलकाे म्यूजिक भिडियाे सार्वजनिक गरिएको छ।
राइजिङ्ग मल दरबारमार्गमा एक भव्य समाराेहका बीच बिहीबार ‘धाये मफुत…’ बोलकाे म्यूजिक भिडियाे सार्वजनिक गरिएको हो।
विमाेचन कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गीत, रचना, संगीत र भिडियो निकै राम्रो बनेकोमा प्रसंसा गर्नु भएकाे थियाे ।
त्यसैगरि नेपाली चलचित्रका ठुल्दाइका रुपमा परिचित वरिस्ठ कलाकार शिव श्रेष्ठले म्युजिक भिडियो हेरिसकेपछि आफु पनि यस किसिमको म्युजिक भिडियोमा भूमिका निर्वाह गर्न इच्क्षा जागेको बताउनु भयो |
चिरपरिचित गायक अस्मिता परियार र प्रिज्वल नेपालीकाे स्वरवद्ध उक्त नेपालभाषाकाे गीतमा शब्द दिपक नेपालीकाे रहेकाे छ भने संगीत बावुल गिरीले भर्नुभएकाे छ। अर्जुन तिवारीको छायांकन गर्नुभएकाे भिडियोमा शिलन लम्सालले सम्पादन गर्नुभएकाे छ ।
माईकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा देलविस दर्शनधारी, राज राेहन तुम्बाहाम्फे, प्रथप कार्की, उषा उप्रती, कविता नेपाली र स्मातिका ढकाल देखिएका छन्।
‘धाये मफुत…’ बाेलकाे म्युजिक भिडियाेकाे निर्मातामा दिनेश दर्शनधारी र यशाेदा राई रहेकाे छ भने माईकल चन्दले निर्देशन गर्नुभएकाे छ।
चलचित्र ‘बाग्मती र एउटा यस्तोे प्रेम कहानी’ निर्माण गरिसकेको ब्यानर ट्रि इन्टरटेन्मेन्टले चलचित्र निर्माणसँगै म्युजिक भिडियो निर्माणमा पनि हात हालिरहेको छ । यो कम्पनीले यसअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर ‘माया पिरिम’ बोेलकोे गीत तयार पारेको थियो ।
कार्यक्रममा बोल्दै कलाकार उषा उप्रेतीले नेपाल भाषाको गीतको भिडियोमा काम गर्न पाउँदा खुशी लागेको बताइन्। कलाकारद्वय डेलविस र राजले परिवार र म्युजिक क्षेत्रको साथ पाएर आफूहरु अगाडि बढेको भन्दै खुशी व्यक्त गरे। कलाकार स्मारिक ढकालले सुरुमा गीतको शब्द नबुझेर काम गर्न गाह्रो भए पनि सबैको सहयोगमा काम गर्न रमाइलो भएको बताइन्।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


