कीर्तिपुरमा न्हय्गां जात्रा मनाइँदै

कीर्तिपुरमा न्हय्गां जात्रा मनाइँदै

मेट्रो संवाददाता

२८ मंसिर २०७८ २३:२८

कीर्तिपुरमा न्हय्गां जात्रा (सात गाउँले) जात्रा मनाइरहेको छ । कीर्तिपुरको जात्रा प्रत्येक वर्ष थिंलाथ्व अष्टमि (मार्ग शुक्ल अष्टमि) अर्थात बखुमदः अष्टमिका दिन देखि मनाउने गर्दछन् ।

शनिवार वडा नं. ९ स्थित नगांको बालकुमारी स्थानमा धाल्चा खाकेगु जात्रा भएको थियो भने कीर्तिपुर डाँडाकाहरूले छ्वयेलाबू मनाएका थिए । वडा नं. ५, ७ र ८ पर्ने भाजंगल र पांगाबासीहरूले आइतबार बालकुमारी र विष्णुदेवी देवतालाई खतमा राखेर जात्रा सम्पन्न गरेका थिए भने आइतबार कीर्तिपुरका साय्मि(मानन्धर)हरूले पीगंदेखि दलूद्यः जात्रा गरेका छन् ।

सोमबार सात गाउँलेको सबभन्दा ठूली देउता मानीएको ईन्द्रायणीको जात्रा कीर्तिपुर डाडाँमा भैरहेको छ भने आसपासका गाउँहरू (चन्द्रागिरि नगरपालिकाको सतुंगल, ल्ह्वंखा, बोसिगां, मच्छेगां, नैकाप, तापाख्यः) लगायतकाले पनि श्री गणेश, भैरव र विष्णुदेवीलगायतका देवीदेवटाहरू स्थानीय बःखुमा ल्याइ त्यहाँबाट जात्रा गरी आ–आफ्नो स्थानमा लगेर जात्रा गरेका छन् ।

कीर्तिपुरमा वडा नं. २ स्थित पीगबाट ईन्द्रायणी देउतालाई खतमा राखी जात्रा गरी वडा नं. १ स्थित लाय्कूसम्म ल्याइने हो भने लाय्कूमा पुगेपछि द्वारेपुजा गर्ने गरिन्छ । यो जात्रा कीर्तिपुर डाँडाका प्रत्येक टोलहरूले पालैपालो आयोजना गर्ने गरिरहेकोले यस वर्ष वडा नं. १ स्थित गुँदे दाफा खलः अन्तर्गत इछेँ, ह्वाकंचा, बाकुननी, सतःक्व र सलिंछेँ टोल र वडा नंं. ३ स्थित कुतुझोलटोलको पालो रहेकोले आयोजक टोलले लाय्कूमा द्वारे पुजा गर्ने गरिन्छ ।

द्वारेपुजा सकिएपछि जात्रा गरिरहेको धिमे बाजा पुनः पीगंमा गई त्यहाँ लाखेपाः बसिरहेकोलाई र वहाँसँगै भेलूलाई पुनः जात्रा गरी ल्याइने चलन रहेको छ । कीर्तिपुर नगरपालिकाको अधिकांश बस्तिमा मनाइने यस न्हय्गां जात्राको उपलक्ष्यमा कीर्तिपुरनगरपालिकाले प्रत्येक वर्ष झैं यस वर्ष पनि सम्पूर्ण नगरबासीलाई हार्दिक शुभकामना व्यक्त गर्दै सोमबार एक दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता