प्रहरी वृत्त अनामनगरसँगैको सार्वजनिक जग्गामा आकर्षक उद्यान बनाइने

प्रहरी वृत्त अनामनगरसँगैको सार्वजनिक जग्गामा आकर्षक उद्यान बनाइने

मेट्रो संवाददाता

२ कार्तिक २०७९ १३:३६

काठमाडौँ महानगरपालिका–२९ स्थित अनामनगर प्रहरी वृत्तसँगै रहेको सार्वजनिक जग्गामा आकर्षक उद्यान निर्माण गरिने भएको छ ।

उद्यान निर्माणका लागि वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट रु ४० लाख बजेट विनियोजन भएको वडाध्यक्ष कुश ढकालले जानकारी दिनुभयो ।

राजधानीका सार्वजनिक जग्गामा उद्यान निर्माण गरी संरक्षण गर्ने उद्देश्यले बजेट व्यवस्था गरिएको हो । उद्यान निर्माणस्थलको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले स्थलगत अनुगमन गर्नुभएको छ ।

सो अवसरमा मन्त्री श्रेष्ठले बजेट विनियोजन भइसकेकाले चालु आर्थिक वर्षमै आकर्षक उद्यान निर्माण गरिने जानकारी दिनुभयो । उद्यानको संरक्षण प्रहरी वृत्तले गर्ने भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वमा महानगरपालिकाका विभिन्न स्थानमा अतिक्रमण भएका सार्वजनिक जग्गा संरक्षणको कामसमेत भइरहेको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता