मेट्रो संवाददाता
१७ पुष २०७९ २३:३६

ईलोहं प्रकाशन प्रालिले लेखक नरेशवीर शाक्यको एघारौं कृति ‘ललितविस्तर शोधग्रन्थ’ आनन्दकुटि विहार स्वयम्भूमा बिमोचन भएको छ ।
भगवान बुद्धको जीवनी रहेको यस ऐतिहासिक ग्रन्थ ‘ललितविस्तर’को शोध ग्रन्थको विमोचन विहार प्रमुख धम्ममूर्ति महास्थविर, भिक्षु पञ्ञामूर्ति, भिक्षु प्रियदस्सी, लोट्स रिसर्च सेन्टरका अध्यक्ष प्रा.डा. सुरेन्द्रमान बज्राचार्य, ईलोहं प्रकाशनका संरक्षक धर्मवीर शाक्य, पुस्तकका दाता पद्यादेवी शाक्य र लेखक नरेशवीर शाक्यले संयुक्तंरुपमा गरेका छन् ।
कार्यक्रममा पुस्तकका दाता पद्मादेवी शाक्यले स्वागत मन्तब्य एवं उपस्थित सबैलाई पुस्तक वितरण गरेका थिए।
लेखक नरेशवीर शाक्यले बुद्ध धर्मको स्नातकोत्तर अध्ययनको क्रममा ‘ललितविस्तर एक तुलनात्मक अध्ययन’ विषय तयार पार्नु भएको शोध ग्रन्थलाई नै पुस्तकको रुपमा प्रकाशित गरेका हुन् ।
पुस्तक विषय मन्तब्य राख्नेक्रममा शाक्यले बौद्ध ग्रन्थहरू भारतको नालन्दा बिश्वविद्यालमा आगो लगाई सकेपछि नेपालमा मात्र सुरक्षित रुपमा रहेको कुरा उल्लेख गर्दै यी नै ग्रन्थको आधारमा विश्वमा पुनः ललितविस्तर ग्रन्थ प्रचारमा आएको बताए ।
कार्यक्रममा अध्यक्ष बज्राचार्यले ललितविस्तर ग्रन्थ सर्वास्तिवादीहरूको रहेको र पछि यस्लाई महायानिहरूले अपनाएको बताए।
सभापति धम्ममूर्ति महास्थविरले बुद्ध धर्म सम्वन्धी हरेक पुस्तकले दिइरहेको ज्ञानलाई व्यवहारिकरुपमा पनि प्रयोगमा ल्याउनु पर्ने कुरा उल्लेख गर्दै शोध ग्रन्थको महत्व विषय चर्चा गरेका छन् ।
ललितविस्तरमा के छ ?
ललितविस्तर एकै समयमा लेखिएको ग्रन्थ होइन, न कि एकै ब्यक्तिले । यो ग्रन्थ कुन समयमा कस्ले लेखेको हो भन्ने कुरा अहिले सम्म यकिन हुन सकिरहेको छैन । ललितविस्तरको जुन वर्तमान रूप देखिरहेको छ, यो विभिन्न लेखकहरूले विभिन्न समयमा एउटै ग्रन्थमा थप्दै तयार गरिएको ग्रन्थ हो ।
‘ललितविस्तर’ सिद्धार्थ गौतमले जगत उद्धार गर्न, सर्वसत्व प्राणीको हितको निमित्त उपदेश दिन आफू वास गरिरहेको तुसिता भूवन देखि पृथ्वीलोकमा अवर्तन गर्नको निमित्त सेतो हात्तिको रूपमा मायादेवीको गर्वमा प्रवेश गरेको घटना देखि बोधिज्ञान प्राप्त गरेको र वनारसको मृदगावनमा प्रथम धर्मचक्र प्रर्वतन सम्मका घटना विवरण उल्लेख रहेको सूत्रलाई ललितविस्तर सूत्र भनिन्छ ।
यो ग्रन्थ पहिला सर्वास्तिवादीहरूको ग्रन्थ थियो । पछि यसमा महायानी अनुयायीहरूको विचारहरू समाहित गरी बुद्धलाई एक अलौकिक ब्यक्तिको रूपमा प्रस्तुत गर्ने कार्य गरियो । बौद्ध विद्धान पि.एल भगतका अनुसार वर्तमान समयमा उपलब्ध रहेको संस्कृत भाषाको ललितविस्तर तेश्रो शताब्दीतिरको हुनु पर्ने अनुमान गरेको छ ।
ललितविस्तरलाई नेपालमा नवधर्म ग्रन्थको एक ग्रन्थको रूपमा मान्यता प्राप्त छ भने तिब्बतमा पनि यसलाई महत्वपूर्ण स्थान दिइएको छ । नवौं शताब्दी तिर यो ग्रन्थ तिब्बती भाषामा अनुवाद गरिएको हो । हाल सम्म अनुवाद गरिएका ललितविस्तर ग्रन्थहरूमध्ये तिब्बती भाषामा अनुवाद गरिएको ललितविस्तरलाई उत्कृष्ट र मूल संस्कृत ग्रन्थसंग अति नजिक रहेको मान्दछ ।४ ललितविस्तर गद्य र पद्य दुबै विधामा रचना गरिएको छ । यसमा समाहित उल्लेखनीय मात्रामा पद्य अंशहरू सर्वास्तिवाद सुत्तहरूबाट लिइएको पाइन्छ ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


