मेट्रो संवाददाता
२२ भदौ २०८० १६:०२

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ ।
लाखेनाच संरक्षणका लागि खुला लाखेनाच प्रतियोगिता आयोजना गरेर जिल्लाभित्र रहेका गुठीले लाखेनाच प्रदर्शन गरेका हुन् ।
कावासोती क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले संस्कार, संस्कृतिको संरक्षणका लागि जिल्लास्तरीय लाखेनाच सञ्चालन गरेका हुन् ।
कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको सहभागीता रहेको सो प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा प्रथम , भीमसेन कालिका नेवाः गुठी कावासोती–१४ त्रिभुवनटार दोस्रो र शिखा नेवाः गुठी कावासोती–३ तेस्रो भएका थिए ।
नवलपुरभरिका नेवाः गुठीबाट प्रतियोगी समावेश गरी लाखेनाच प्रतियोगिता गरिएको भीमसेन कालिका नेवाः गुठीका अध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो । नेवारी समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागतरूपमा मनाइने लाखेनाच पर्व जोगाउन लाखेनाचको प्रतियोगिता नै गरेर संरक्षणमा जुटिरहेको उहाँले बताए ।
लोप हुने अवस्था रहेको संस्कार, संस्कृतिको जगेर्ना गर्ने गरी जिल्लामै लाखेनाच प्रतियोगिता गर्नु सराहनीय कार्य भएको दर्शकले बताएका छन् । नेवारी समुदायले आफ्नो धार्मिक, सांस्कृतिक कार्यक्रमका रूपमा प्रस्तुत गर्ने लाखेनाच देशका विभिन्न भू–भागमा लोकप्रिय छ ।
नागपञ्चमीको दिनदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म लाखेनाच दिनहुँ देखाइन्छ । सामाजिक परम्परासँग जोडिएको लाखेनाच कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रुप लाखे र अन्य मुखुण्डोधारी उसका सहयोगी सामूहिकरूपमा नेवारी बाजाका तालमा नाच्ने गर्दछन् ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


