राष्ट्रपति पौडेलद्वारा पलेसा गोवर्धन सम्मानित

राष्ट्रपति पौडेलद्वारा पलेसा गोवर्धन सम्मानित

मेट्रो संवाददाता

१९ भदौ २०८१ १२:०३

काठमाडौँ, १९ भदौ, राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसा गोवर्धन र उनको टोलीलाई शीतल निवासमा आयोजित विशेष समारोहमा सम्मान गर्नुभएको छ।

समारोहमा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पलेसालाई माला र दोसल्ला ओढाएर सम्मान व्यक्त गर्नुभयो। यस अवसरमा उहाँले पलेसाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई र शुभकामना दिनुभयो। सम्मानपछि राष्ट्रपति पौडेलले पलेसाको उपलब्धिले देशको शिर उँचो भएको बताउँदै भविष्यमा राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गल धुन बजाएर स्वागत गरेको थियो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, पलेसाका बाबुआमा, र खेल सङ्घका पदाधिकारीहरू पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो। पलेसा गोवर्धनले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत महिला ५७ किलोग्राम तौल समूहमा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जित्नुभएको थियो।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता