दसैंअघि नै सडकका खाल्डाखुल्डी पुर्न मन्त्री दाहालको निर्देशन

दसैंअघि नै सडकका खाल्डाखुल्डी पुर्न मन्त्री दाहालको निर्देशन

मेट्रो संवाददाता

२३ भदौ २०८१ १५:३०

चाडपर्वको समयमा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न मन्त्री दाहालले सडक मर्मत तथा सवारी सुरक्षा व्यवस्थापनका लागि तत्काल कदम चाल्ने निर्देशन दिएका छन्।

काठमाडौँ, २३ भदाै : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दसैंअघि नै सडकका खाल्डाखुल्डीहरू पुर्न निर्देशन दिएका छन्। आइतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरू बीचको छलफलमा मन्त्री दाहालले चाडपर्वको समयमा यात्रुहरूको अत्यधिक चाप हुने र दुर्घटनाको जोखिम बढ्ने हुँदा खाल्डाखुल्डी तत्काल पुर्नुपर्ने आवश्यकता औंल्याए।

मन्त्री दाहालले जोखिमयुक्त स्थानमा सडक सुरक्षाका पूर्वाधारहरू निर्माण तथा मर्मतको लागि निर्देशन दिँदै, सवारी नियम उल्लंघन नियन्त्रण र दुर्घटनापछि उद्धार तथा अस्पताल पुर्‍याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानुनी सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्दै, सडक सुरक्षा परिषदलाई प्रभावकारी बनाउन आवश्यक कदम चालिने उनले बताए। साथै, सुरक्षित सडक, दक्ष चालक, चुस्त सवारी साधन र सचेत यात्रुहरूकै सहकार्यबाट मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै तीनै तहका सरकार र सम्बद्ध निकायबीच सहकार्यको खाँचो रहेको धारणा व्यक्त गरे।

मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्व नजिकिँदै गर्दा सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले लामो दूरीका सवारीमा दुई जना चालक अनिवार्य राख्न र सवारी नियमको पालना गराउन आग्रह गरे।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता