मनाङमा भाषा जोगाउन तीन गीतको भिडियो निर्माण

मनाङमा भाषा जोगाउन तीन गीतको भिडियो निर्माण

मेट्रो संवाददाता

६ असोज २०८१ १४:१८

मनाङ : माथिल्लो मनाङमा स्थानीय भाषाशैली र परम्परा संकटमा परिरहेको अवस्थालाई ध्यानमा राख्दै, मनाङी भाषामा तीनवटा गीतको म्युजिक भिडियो छायाङ्कन भइरहेको छ। पल घलेको ‘मनाङ्गे नानी’ र ‘ओे माया ओ’ तथा सोनम गुरुङको ‘आमा’ बोलका गीतहरूमा यो प्रयास समेटिएको छ।

पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले मनाङी भाषाशैली र संस्कृतिलाई जोगाउन म्युजिक भिडियो निर्माण गर्दै रहेको जानकारी दिए। “वृद्धवृद्धाहरूको मृत्यु र युवापुस्ताको विदेशिनाले भाषा र संस्कृति लोप हुने डर छ,” उनले भने।

शब्द र सङ्गीत पल घलेले तयार पारेका छन्, र गायकहरूमा दिका गुरुङ, सोनाम गुरुङ, पल घले, र भ्वाइस अफ नेपाल सिजन ६ की टप ६ प्रतिस्पर्धी इना गुरुङका साथै अन्य स्थानीय कलाकारहरू पनि सामेल छन्।

म्युजिक भिडियोका दृश्य मनाङका ङावल, मनाङ गाउँ र भ्राकालगायतका रमणीय स्थानहरूमा छायाङ्कन भइरहेको छ। यस प्रयासले मनाङको मौलिकता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता