बैंगलोरमा नेपाली युवतीको विभत्स ह#त्या: शवका टुक्रा हप्तौँसम्म फ्रिजमा

बैंगलोरमा नेपाली युवतीको विभत्स ह#त्या: शवका टुक्रा हप्तौँसम्म फ्रिजमा

एजेन्सी

९ असोज २०८१ १३:५५

बैंगलोर : भारतको बैंगलोर शहरमा एक नेपाली युवतीको क्रुर ह#त्या भएको छ। २९ वर्षकी महालक्ष्मी नामकी महिलाको शरीरका टुक्रा टुक्रा भएको अवस्थामा शव भेटिएको छ। घटना बैंगलोरको व्यालीकवल क्षेत्रमा भएको हो, जहाँ उनको शव १६५ लिटरको फ्रिजमा हप्तौँसम्म राखिएको थियो।

प्रहरीले शवलाई ३० देखि ४० टुक्रामा विभाजन गरिएको अवस्थामा फेला पारेको छ। केही टुक्रा भने अपार्टमेन्टभरि छरिएका थिए, जसले फरेन्सिक टोलीलाई समेत स्तब्ध बनाएको थियो। यो हत्या कहिले र कसले गर्‍यो भन्ने यकिन नभए पनि अनुसन्धान जारी छ।

दुर्गन्धका कारण छिमेकीको उजुरीपछि खुल्यो घटना

महालक्ष्मी आफ्नो अपार्टमेन्टमा पाँच महिनादेखि एक्लै बस्दै आएकी थिइन्। २ सेप्टेम्बरपछि उनको सम्पर्क टुटेपछि छिमेकी र परिवारले उनलाई खोज्न थालेका थिए। छिमेकीले अपार्टमेन्टबाट आउने नराम्रो दुर्गन्धको उजुरी गरेपछि घर मालिकले उनलाई सम्पर्क गर्न खोजे। जब ढोका खोलियो, शवका टुक्राहरू रगतमा लत्पतिएको अवस्थामा फेला परे।

शवको अवस्थाले प्रहरीलाई पनि चकित

प्रहरीले घटनास्थलमा पुग्दा भुइँभरि रगत थियो र फ्रिजमा महालक्ष्मीको खुट्टा र टाउको राखिएको थियो। अन्य शरीरका टुक्राहरू पनि फ्रिजभित्र रहेका थिए। यो विभत्स दृश्यले प्रहरीले हत्या सेप्टेम्बर २ वा ३ मा भएको अनुमान गरेको छ। हालसम्म हत्यारा र हत्या हुने कारणको पहिचान हुन सकेको छैन।

प्रहरीले घटनाको गहिराइमा अनुसन्धान जारी राखेको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता