काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत अनुसन्धानका लागि यसअघि ३ दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको थियो।
प्रसाईंलाई असोज ६ मा पक्राउ गरिएको थियो। साइबर ब्यूरोले ७ दिनको थप अनुसन्धान समय माग गर्दै बुधबार अदालतमा निवेदन पेस गरेको थियो। उनलाई युट्युब च्यानल ‘देश दुनियाँ खबर’ र अन्य च्यानलहरूमा चरित्र हत्या गर्नेगरी बोलेको आरोप लागेको छ।
देश दुनियाँ खबरमा प्रसाईंको अन्तर्वार्ता प्रसारण गर्ने सञ्चालक जीवन पाण्डे र प्रस्तोता प्रकाशचन्द्र दाहाल फरार छन्। यस मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक महिलाले आफ्नो चरित्र हत्या गरेको भन्दै जाहेरी दिएको बताइएको छ।
प्रसाईंविरुद्ध अर्का एक पुरुषले पनि जाहेरी दिएका छन्। यदि आरोप पुष्टि भएमा उनलाई ५ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको सजाय हुनसक्ने व्यवस्था छ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


