धादिङ : काठमाडौं र धादिङको सिमानामा पर्ने धुनिबेँसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा खसेको पहिरो ४८ घण्टापछि हटाइएको छ, जससँगै त्रिभुवन राजपथ अन्तर्गतको सडक दुईतर्फी खुला भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले पहिरो पन्छाएपछि दुई दिनदेखि बाटोमै रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ अगाडि बढेको जानकारी दिएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीहरूको पहलमा पहिरो हटाउन सफल भएको हो।
शनिबार झ्याप्ले खोलामा पहिरो खस्दा तीनवटा सवारीसाधन पुरिएका थिए, जहाँबाट ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ। पहिरोका कारण भएको जनधनको क्षति र यातायात अवरोधले स्थानीय र यात्रुहरूलाई दुःख दिएको थियो।
यो पनि पढ्नुहाेला : झ्याप्ले खोलामा पहिरो दुर्घटना: माथिल्लो सडकबाट खसेको पहिरोले सवारीसाधनमा ठूलो क्षति
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


