राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली माताको पूजा, बाढीपीडितप्रति सहानुभूति व्यक्त

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली माताको पूजा, बाढीपीडितप्रति सहानुभूति व्यक्त

मेट्रो संवाददाता

२१ असोज २०८१ ११:५५

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको अवसरमा सोमबार बिहान प्रथम महिला सबिता पौडेलसहित दक्षिणकाली मन्दिरमा दक्षिणकाली माताको पूजा अर्चना गर्नुभएको छ। राष्ट्रपति पौडेलले मन्दिरमा पूजा गरेपछि पुजारीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको थियो।

काठमाडौं उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिने दक्षिणकाली मन्दिर, दक्षिणकाली नगरपालिकामा अवस्थित छ। यस अवसरमा नगर प्रमुख मोहन बस्नेतले हालैको बाढीले मन्दिर क्षेत्रमा पुर्‍याएको क्षतिबारे राष्ट्रपति पौडेललाई जानकारी गराउँदै पीडितहरूलाई राहत र मन्दिर क्षेत्रको पुनर्निर्माणमा सहयोगका लागि आग्रह गर्नुभयो। साथै, काठमाडौँ-मकवानपुर सडक मार्गको छिटो पुनर्निर्माण आवश्यक रहेको कुरा पनि उठाउनुभयो।

राष्ट्रपति पौडेलले बाढीपहिरोबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै, मन्दिर क्षेत्रको पुनर्निर्माण र सडक पुनः सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो।

राष्ट्रपति मन्दिरमा पुग्दा स्थानीय जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, र सर्वसाधारणहरूले उहाँलाई स्वागत गरेका थिए।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता