काठमाडौँ : देशभरका पालिकाहरुले यातायात व्यवसायीहरूमाथि गैरकानूनी रूपमा सडकमा कर संकलन गरिरहेको गुनासोपछि गृह मन्त्रालयले यस कार्यमा रोक लगाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। कात्तिक दोस्रो सातामा देशभरका ७७ वटा जिल्ला प्रशासन कार्यालयलाई सूचना पठाउँदै यसबारे कार्यान्वयनमा कडाई गर्न भनिएको छ।
गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सन्दर्भमा सरकारको २०७५ मंसिर १७ को निर्णय अनुसार, राजमार्ग र सहायक राजमार्गमा पालिकाहरूले पटके कर उठाउन नपाउने व्यवस्था गरेको थियो। तर, स्थानीय तहहरूले पुनः कर संकलन गरेको पाइएपछि गृह मन्त्रालयले अवैध कर संकलन रोकिने गरी निर्देशन जारी गरेको हो।
यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात मन्त्री देवेन्द्र दाहाललाई अवैध कर उठाउने कार्य रोक्न ध्यानाकर्षण गराउँदै यातायात मन्त्रालयमा पत्र बुझाएको थियो। यसै सन्दर्भमा गृह मन्त्रालयले अवैध कर संकलन कार्य तत्काल रोकिने विश्वास व्यक्त गरेको छ।
#गृहनिर्देशन #अवैधकर #यातायातकर #नेपाल
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


