बागमती प्रदेशले ‘योजना बैंक’ स्थापनाको घोषणा

बागमती प्रदेशले ‘योजना बैंक’ स्थापनाको घोषणा

मेट्रो संवाददाता

२१ मंसिर २०८१ १५:५३

त्रिशूली (नुवाकोट) : बागमती प्रदेश सरकारले ‘योजना बैंक’ स्थापना गर्ने घोषणा गरेको छ। प्रदेश नीति तथा योजना आयोगले बिहीबार यहाँ आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री बहादुरसिंह लामाले यस विषयमा जानकारी दिएका छन्।

मुख्यमन्त्री लामाले भनें, “पहुँचका आधारमा योजना छनोट गर्ने परम्परागत तरिका अब अन्त्य गर्नुपर्छ। यसका लागि ‘योजना बैंक’ स्थापना अत्यावश्यक छ।” उनले कानुनी प्रावधान तयार गरेर यसलाई शीघ्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

गोष्ठीमा नुवाकोट, धादिङ र रसुवा जिल्लाका प्रतिनिधिहरूले आगामी आर्थिक वर्षका लागि विभिन्न योजना प्रस्ताव गरेका छन्। यस योजनाले प्रदेशको विकासमा पारदर्शिता र समावेशीकरणको सुनिश्चितता दिने अपेक्षा गरिएको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता