आइतबारदेखि मतदाता नामावली दर्ता खुला हुने

आइतबारदेखि मतदाता नामावली दर्ता खुला हुने

मेट्रो संवाददाता

२१ मंसिर २०८१ १५:१०

काठमाडौं : निर्वाचन आयोगले आइतबारदेखि देशभरका सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिकको काम पुनः सुरु गर्ने भएको छ।

स्थगित भएको नामावली दर्ता स्थानीय तह उपनिर्वाचनको कारण रोकिएको थियो। उपनिर्वाचन सकिएर परिणाम सार्वजनिक भइसकेपछि नियमित प्रक्रिया पुनः सुरु गर्न लागिएको आयोगले जानकारी दिएको छ।

स्थायी ठेगानाभन्दा फरक स्थानमा बसोबास गरिरहेका व्यक्तिहरूले पनि आवश्यक प्रमाणसहित आवेदन दिएमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

मतदाता नामावलीमा नाम दर्ता गर्न नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य छ। यदि नागरिकतामा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगानामा नाम दर्ता गर्नुपर्ने भए नागरिकता, बसाइँसराइ प्रमाणपत्र, वा विवाह दर्ताको प्रमाणपत्र आवश्यक पर्नेछ।

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइसम्बन्धी विवरण अद्यावधिक गर्ने कार्य पनि यही प्रक्रियाअन्तर्गत गर्न सकिने छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता