मेट्रो संवाददाता
३ पुष २०८१ ९:०६
यो महोत्सवले पर्यटनलाई पुनर्जीवन दिनुका साथै पोखरालाई विश्व पर्यटनको केन्द्रका रूपमा उभ्याउन सघाउनेछ।
काठमाडाैं : पोखराको पामे क्षेत्रमा यो वर्षको पुस ९ गतेदेखि ९ दिने बीवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु हुने भएको छ। नेपालमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो महोत्सवले नेपालको पर्यटन र आर्थिक गतिविधिमा योगदान गर्ने अपेक्षा गरिएको छ। महोत्सवको आयोजना बेलुन नेपाल प्रा.लि. ले गरेको हो।
यो महोत्सवमा अमेरिका, बेलायत, जापान, ब्राजिल, दक्षिण कोरिया लगायतका देशका प्रतिनिधिहरूले सहभागिता जनाउनेछन्। करिब दुई दर्जन बेलुनले पोखराको लौरुकदेखि चाङ्खपुरसम्मको ३ किलोमिटर क्षेत्र मा उडान गर्नेछन्। ४० मिनेटसम्म हुने बेलुन उडानमार्फत पर्यटकहरूले पोखरा उपत्यकाको मनोरम दृश्य, अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरिको हिमालको अवलोकन गर्न सक्नेछन्।
महोत्सवमा बिहान सूर्योदय र बेलुकी सूर्यास्तका विशेष दृश्य, राति बेलुन ग्लो (प्रकाश प्रदर्शनी), आतसबाजी, बेलुन दौड र क्याम्पिङ जस्ता गतिविधिहरू मुख्य आकर्षण हुनेछन्।
सांगीतिक प्रस्तुति र सेलिब्रेटी ब्रान्ड एम्बासडर
महोत्सवलाई थप रोचक बनाउनका लागि प्रत्येक साँझ आतिशबाजी, बेलुन दौड र क्याम्पिङ कार्यक्रम आयोजना गरिनेछ । महोत्सव अवधिभर दीपक बज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्डलगायत नेपाली कलाकारको सांगीतिक प्रस्तुति हुनेछन् ।
व्यवस्थापन र समर्थन
नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् र एनआरएनएको सहयोगमा महोत्सवको व्यवस्थापन करिज्म्याटिक डिजिटल सोलुसनले गरेको हो । अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की महोत्सवका ब्रान्ड एम्बेसडर रहेका छन् ।
महोत्सवका आयोजक सविन महर्जन भन्छन्, “यो महोत्सवले पर्यटनलाई पुनर्जीवन दिनुका साथै पोखरालाई विश्व पर्यटनको केन्द्रका रूपमा उभ्याउन सघाउनेछ।”
बेलुन नेपाल ले सन् २०१७ देखि नेपालमा बेलुन पर्यटनको प्रवर्द्धन गर्दै आइरहेको छ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...



