वायु प्रदूषण न्यूनिकरणका लागि नागरिक सम्मेलन आयोजना

वायु प्रदूषण न्यूनिकरणका लागि नागरिक सम्मेलन आयोजना

मेट्रो संवाददाता

११ माघ २०८१ १८:५६

वायु प्रदूषण नियन्त्रणमा नागरिक समाजको पहल

काठमाडौं– वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल, काठमाडौं महानगरको आयोजनामा शुक्रबार नयाँबजारमा ‘वायु गुणस्तर व्यवस्थापन र स्वच्छ हावाको अधिकारका लागि नागरिक सम्मेलन’ सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथि उपमेयर सुनिता डंगोलले वायु प्रदूषण नियन्त्रणमा नागरिक समाजको भूमिका अपरिहार्य रहेको बताउँदै जागरूकता अभिवृद्धिको खाँचो औंल्याइन्। “स्थानीय सरकारले मात्र सबै गर्न सक्दैन। नागरिक समाज सक्रिय भएमा नीति निर्माण र कार्यान्वयन सहज हुन्छ,” उनले भनिन्।

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले स्थानीय सरकार र नागरिक समाजबीच सहकार्यको आवश्यकता रहेको बताए। “कुनै पनि अभियान एकल प्रयासले सफल हुन सक्दैन। हातेमालो गरेर अघि बढ्नुपर्छ,” उनले भने।

महानगरका प्रवक्ता नविन मानन्धरले वायु प्रदूषण न्यूनीकरणका लागि महानगरले सचेतनामूलक कार्यक्रमदेखि नीतिगत पहलसम्म प्राथमिकतामा राखेको जानकारी दिए।

महानगरको वातावरण विभाग प्रमुख सरिता राईले विभागले नागरिक सञ्जालसँग सहकार्य गर्दै सचेतना अभियान सञ्चालन गरिरहेको बताइन्। “विभागले प्रदूषण न्यूनीकरणका लागि विभिन्न कदम चालिरहेको छ, जसमा सञ्जालसँगको सहकार्य महत्वपूर्ण छ,” उनले भनिन्।

प्यानल डिस्कसनमा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत किरण बराम, बागमती सरसफाइ अभियन्ता माला खरेल, स्वयम्भू-डल्लु साइकल पुचःका अध्यक्ष मचाकाजी महर्जन, स्वच्छ वातावरण नागरिक समाज ललितपुरकी अध्यक्ष सुमित्रा महत कर्माचार्य, र परिवर्तन नेपालका अध्यक्ष मित्रप्रसाद घिमिरे सहभागी भए।
प्यानलबाट आएका सुझाव संकलन गरी सम्बन्धित निकायलाई बुझाइने जनाइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, काठमाडौंको वायु प्रदूषण स्वास्थ्य मापदण्डभन्दा १० गुणा बढी छ। यातायात, निर्माण सामग्रीको धूलो, फोहोर जलाउने र औद्योगिक उत्सर्जन यसका प्रमुख कारक हुन्।

कार्यक्रममा ३२ वडाका सामाजिक संघसंस्था, महिला विकास समिति, साइकल सोसाइटी, जनप्रतिनिधि र अभियन्ताहरूको उपस्थिति थियो।

कार्यक्रमका सभाध्यक्ष निरू महर्जनले सञ्जाललाई महानगरका ३२ वडामा विस्तार गर्दै वडास्तरीय अभियानलाई पालिकास्तरीय अभियानमा रुपान्तरण गर्ने योजना सुनाइन्। “विभिन्न संघसंस्थासँग मिलेर हातेमालो गर्दै अघि बढ्नेछौं,” उनले भनिन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, काठमाडौंको वायु प्रदूषण स्वास्थ्य मापदण्डभन्दा १० गुणा बढी छ। यातायात, निर्माण सामग्रीको धूलो, खुला फोहोर जलाउने र औद्योगिक उत्सर्जन यसका प्रमुख कारक हुन्।

कार्यक्रममा ३२ वडाका सामाजिक संघसंस्था, महिला विकास समिति, साइकल सोसाइटी, जनप्रतिनिधि र अभियन्ताहरूको उपस्थिति थियो।

सम्मेलनले हरियाली प्रवर्द्धन, नवीकरणीय ऊर्जा स्रोतको प्रयोग, र वातावरणमैत्री नीतिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। “स्वच्छ वातावरणमा बाँच्न पाउनु नागरिकको अधिकार हो,” सम्मेलनको निष्कर्ष थियो।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता