रचनात्मक शैलीमा सरस्वती पूजा

रचनात्मक शैलीमा सरस्वती पूजा

मेट्रो संवाददाता

२४ माघ २०८१ १३:३६

काठमाण्डाैं : काठमाडौं महानगरपालिका–१६ स्थित शितला माध्यमिक विद्यालयले यस वर्षको वसन्त पञ्चमी तथा सरस्वती पूजा भव्य रूपमा मनाएको छ। परम्परागत पूजा मात्र नभई विद्यालयले व्यावसायिक अध्ययन विषयका कक्षा ११ र १२ का विद्यार्थीहरूलाई नेतृत्व प्रदान गर्दै “शितला व्यापार मेला २०८१” (Trade Fair – 2081) आयोजना गरेको हो।

माघ २१ गते आयोजित मेलामा कक्षा ११ का चार र कक्षा १२ का पाँच गरी ९ वटा स्टल राखिएका थिए। ती स्टलहरूमा चिया, फलफूल, स्टेसनरी, नर्सरी बिरुवा, कस्मेटिक सामग्री, बेकरी, केक, पकौडा, किचेनका भाडाकुडा तथा मिठाई राखिएको थियो।

कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले विद्यालय परिसरमा सरस्वतीको पूजाआराधना गरेका थिए। यस अवसरमा विद्यालयको इसिडी (ECD) कक्षामा ४० जना अभिभावकले आफ्ना सन्तानको नाम दर्ता गराएका छन्।

शिक्षा मात्र नभई व्यावसायिक सीप सिकाउने उद्देश्यले आयोजना गरिएको मेला विद्यार्थीका लागि सिकाइको उत्कृष्ट अवसर भएको विद्यालय प्रशासनले जनाएको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता