काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भू भगवान पाउ क्षेत्रको भूईखेल सत्तल, भुइँखेल फुटबल मैदान, पाटी–पौवा, इनार र मन्दिरसहितको करिब बिस रोपनी सामुदायिक तथा सांस्कृतिक भूमि निजी भएको दाबी गर्दै दायर रिट उच्च अदालत पाटनले खारेज गरेको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय लेखनाथ पौडेल र अबनि मैनाली भट्टराईको संयुक्त इजलासले निषेधाज्ञा तथा अदालतको अवहेलना सम्बन्धी रिट दाबी नपुग्ने ठहर गर्दै खारेज गरेको हो।
मुक्तिरत्न शाक्य र तीर्थरत्न शाक्यले काठमाडौं महानगरपालिका–१५ वडा कार्यालय, वडा अध्यक्ष ईश्वरमान डङ्गोल, भुइँखेल टोल सुधार समिति, भुइँखेल फुटबल क्लबलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए।
प्रत्यर्थीका तर्फबाट बहसमा सहभागी अधिवक्ता लक्ष्मण शाहिका अनुसार समुदायको सार्वजनिक जग्गा निजी बनाउने प्रयास अदालतले अस्वीकार गरेको हो। फैसलापछि प्रतिक्रिया दिँदै वडा अध्यक्ष डङ्गोलले भुइँखेलको भूमि समुदायको पहिचानसँग जोडिएको भन्दै संरक्षणमा वडा कार्यालय प्रतिबद्ध रहने बताए। टोल सुधार समितिका अध्यक्ष किरण शाहीले सामुदायिक भूमि निजीकरण गर्ने प्रयास असफल भएको बताए।
मुद्दामा आदिवासी नेवा कानुन व्यवसायी समाज (NILS) का कानुन व्यवसायीहरू संस्थागत रूपमा बहसमा सहभागी भएका थिए। फैसलाको स्वागतमा स्थानीयले भुइँखेल चौरमा दीप प्रज्वलन गरेका छन्।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


