काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुरेश श्रेष्ठले नेपालको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन अहिलेको प्रमुख चुनौती बनेको बताएका छन्।
विश्व सम्पदा दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन : समृद्धिको आधार’ विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पदाको संरक्षणमा युवा पुस्ताको सहभागिता सुनिश्चित गर्न नसकिए भावी पुस्ताले नेपाली पहिचान गुमाउन सक्ने चिन्ता व्यक्त गरे।
उनले अहिलेसम्म सम्पदा जोगिए पनि आगामी पुस्ताले त्यसको संरक्षण गर्न सक्ने वा नसक्ने विषयमा चिन्ता रहेको बताए। युवा पुस्तालाई सम्पदा संरक्षण अभियानसँग जोड्न नसकिए नेपाली पहिचान बोकेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्रमशः लोप हुने जोखिम रहेको उनको भनाइ थियो।
मन्त्री श्रेष्ठले नेपाली सम्पदा अवलोकन गर्न विश्वभरबाट पर्यटक आउने भएकाले यसले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे। सम्पदाको संरक्षणलाई अझ प्रभावकारी बनाउन सके पर्यटन प्रवर्द्धनसँगै विदेशी पर्यटकको आगमन पनि बढाउन सकिने उनले बताए।
उनले पाटी–पौवा, मठ–मन्दिर, पँधेरा, कुवा, पोखरीलगायत परम्परागत संरचनाको संरक्षण कमजोर बन्दै गएको उल्लेख गर्दै त्यसतर्फ राज्यका सबै तहले प्राथमिकता दिनुपर्ने बताए। नेपाली सम्पदा राष्ट्रिय पहिचानको आधार भएकाले यसको संरक्षण अपरिहार्य रहेको उनको भनाइ थियो।
कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भए पनि त्यसको संरक्षण सरकारको प्रयासले मात्र सम्भव नहुने बताए। सम्पदा जोगाउने अभियानमा आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो। प्राकृतिक र सांस्कृतिक सम्पदाकै आधारमा नेपालको पर्यटन क्षेत्र थप सुदृढ बन्न सक्ने उनले बताए।
सम्पदाविद् प्रा.डा. सुदर्शनराज तिवारीले हाँडीगाउँका प्राचीन पोखरी, पँधेरा तथा मठ–मन्दिर क्रमशः लोप हुँदै गएको बताए। किरातकालीन पोखरीको मौलिक स्वरूप जोगाउन नसकिएको उल्लेख गर्दै उनले राज्यले प्राचीन सम्पदाको संरक्षणमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सम्पदाको संरक्षण नेपाली पहिचान जोगाउने अभियान भएको बताए। कला, भाषा, साहित्य, सम्पदा र पर्यटन नेपालको महत्वपूर्ण सम्भावना भएकाले तिनको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने उनले बताए।
पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा. गोविन्द टण्डनले नेपाली सम्पदा विभिन्न चुनौतीबीच पनि अस्तित्वमा रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्न सके पर्यटन क्षेत्रलाई थप सशक्त बनाउन सकिने बताए।
पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवनकुमार पोखरेलले काठमाडौं मन्दिरहरूको सहर भएकाले यसले विश्वलाई शान्तिको सन्देश दिइरहेको बताए। चाडपर्व, संस्कृति र जीवनशैली नेपालको मौलिक पहिचान भएकाले सम्पदा संरक्षणसँगै पर्यटन विकासलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उनले बताए।
नेपाल सम्पदा संघका अध्यक्ष धर्मराज शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले सम्पदा संरक्षणमा राज्यको लगानी बढाउन र आम नागरिकलाई अभियानमा सक्रिय रूपमा सहभागी गराउनुपर्नेमा जोड दिएका थिए।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...



