बुंग करूणामय (रातो मच्छिन्द्रनाथ)को रथारोहण (फाेटाे फिचर)

बुंग करूणामय (रातो मच्छिन्द्रनाथ)को रथारोहण (फाेटाे फिचर)

मेट्रो संवाददाता

१० साउन २०७७ १८:५८

१० साउन, काठमाडाैं ।

बुंग करूणामय (रातो मच्छिन्द्रनाथ)को रथारोहण भएको छ ।

दैवज्ञ कीर्तिमदन जोशीले साउन १० गते शनिबार १२ बजेर ५ मिनेटदेखि १२ बजेर १५ मिनेटसम्म अन्तिम रथारोहण गर्नुपर्ने दिएकाे शुभ साइतमा अन्न र वृष्टिका देवता मानिने बुंग करूणामय रथारोहण गराइएकाे हाे ।

तिथि अनुसार रथारोहण वैशाख शुक्ल प्रतिपदा अर्थात बैशाख १२ गते गर्नुपर्दथ्याे । तर, यस वर्ष कोभिड–१९ महामारी रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारणले रोकिएको थियो । यहि कारणले गत बैशाख १२ गतेदेखि देउतालाई तःबहालको मन्दिर बाहिर सतलमा ल्याइ नित्य पूजाआजा हुँदै आएको थियो ।

बुंग करुणामयको रथारोहण गर्ने सम्बन्धमा योभन्दा पहिलाको २ पटक निकालिएको शुभसाइतमा सरकारी प्रसाशनको हस्तक्षेपबाट स्थगित भएको थियो । यस पटक पनि बुधबार आकस्मात जात्रा रोक्नको लागि परिपत्र जारी गरिएको थियो ।

तर, बिहीबार र शुक्रबार सरकारी पक्षसँग सरोकारवालाहरुको लामो छलफल पछि शनिबार राथारोहण गर्न सफल भएको हो ।

रथारोहणको चारदिनपछि रथयात्रा गर्नुपर्ने मान्यतालाई नकार्दै सरकारी पक्षले अझैपनि रथयात्राकाे मिति भदौ १ पछि तोकेको छ ।

असार १० गते देखि पुल्चोकमा बनाउन थालेको रथलाई त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको हिसाबमा बत्तीस हातको रथ बेत र काठमात्र प्रयोग गरी बनाइएको छ । रथमा जडान गरिएको ठूला ४ पांग्रालाई हयग्रव भैरव, लप्तसेहार, हरिसिद्धि र चन्द्रभैरवका प्रतिकका रूपमा लिइन्छ । कर्कटक नागराजको प्रतिकका रूपमा लामो काठ रथको मुनिपट्टि बीच भागमा राखिएको छ । जसलाई नेपाल भाषामा ‘घःमाः’ भनिन्छ ।

स्वयम्भूबाट साधना गरी ल्याइएको अमिताभ बुद्धलाई रथको टुप्पो ‘बाय्मो’मा राखिएको छ । गजुरमा सबै प्राणीको रक्षाका लागि लोकेश्वरको षडारी मन्त्र ‘ऊँ मणि पद्मे हुँ’ लेखिएको झन्डा फहराइएको छ ।

सहकालका देवता मानिने बुंग करुणामयलाई रथारोहण गराउन तःबहालदेखि खटमा राखी पुल्चोकमा पुर्‍याइएको थियो ।

जीवन्त संस्कृतिका रूपमा लिइएको बुंगद्यःको जात्रा उपत्यकाबासी सबैले धुमधामका साथ मनाउने गदर्छ । बुंगद्यःको जात्रा बौद्धमार्गी, हिन्दू, बैष्णवी र शैव (नाथ सम्प्रादय) हरूले समेत उतिकै मनाउँछन् ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता