‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ फाेटाे फिचर

‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ फाेटाे फिचर

मेट्रो संवाददाता

५ कार्तिक २०७८ ६:१५

सामान्यत जात्रामा प्रयोग हुने खट वा रथमा सबैभन्दा माथी गजुर र मुनि मुर्ती हुन्छ । हाँडीगाउँको जात्रामा अरू जात्राकाे रथभन्दा फरक गजुर मुनि र देवता माथि रहने गर्दछन् ।

जात्रामा त्रिदेव ब्रह्मा, विष्णु र महेशको पूजा गरी विशेष प्रकारको रथ (खट) घुमाउने परम्परा छ। यो जात्रा हेर्नाले तथा त्रिदेवको एक पटक दर्शन गर्नाले घरमा महालक्ष्मीको बास हुनका साथै मनोकामना सिद्ध हुने जनविश्वास रहि आएको छ ।

जात्राका क्रममा रथमा चढाएको मैनको फूल गर्भवती महिलाले शिरमा लगाउँदा बच्चा जन्माउन सजिलो हुने विश्वास गरिन्छ ।

किम्वदन्तीअनुसार आफ्नाे कुरा नमानेपछि गभर्वती महिलासँग रिसाएका भगवान विष्णुका कारण बच्चा पाउन गाह्राे हुन्छ । पछि विष्णु रिसाएको कुरा स्थानीय पुरोहितले थाहा पाएर हिमालय पर्वत गई भगवान विष्णुसमक्ष याचना गर्दै ‘हामी तपाईँको नामामा यो संसारमा कहिँ नभएको जात्रा गर्नेछौँ, मैनको फूल चढाउँछौँ’ भनेर पुकार गरेपछि ती महिलाको प्रसव वेदना कम भई बच्चा जन्माएको किंवदन्ती रही आएको छ । त्यसबेलादेखि हाँडीगाउँमा यो जात्रा चलिआएको किंवदन्ती पनि रहिआएको छ ।

प्रत्येक वर्ष दशैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा यो जात्रा मनाउने गरिन्छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता