बुंगद्यः(रातो मछिन्द्रनाथ)काे रथमा पांग्रा राख्ने काम संपन्न, असार २३ सम्म रथ निर्माण सम्पन्न हुने

बुंगद्यः(रातो मछिन्द्रनाथ)काे रथमा पांग्रा राख्ने काम संपन्न, असार २३ सम्म रथ निर्माण सम्पन्न हुने

मेट्रो संवाददाता

१६ असार २०७७ २३:०२

१६ असार, काठमाडाैं ।

काठमाडाैं उपत्यकाकाे सबैभन्दा लामाे समयसम्म चल्ने जात्रा बुंगद्यः (राताे मच्छिन्द्रनाथ)काे हाे ।

जीवन्त संस्कृतिका रूपमा लिइएकाे बुंगद्यःकाे जात्रा उपत्यकाबासी सबैले धुमधामका साथ मनाउने गदर्छ । बुंगद्यःकाे जात्रा बौद्धमार्गी, हिन्दू, बैष्णवी र शैव (नाथ सम्प्रादय) हरूले समेत उतिकै मनाउँछन् ।

अन्न र वृष्टिको देवता मानिने रातो मत्स्येन्द्रनाथको रथजात्राका लागि चैत्र महिनाको पूर्णिमाका दिन विधिवत पुजा गरेपछि भोलीपल्टदेखि रथ निर्माणको काम शुरु हुन्छ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

करूणामयकाे रूपमा पुजा गरिने बुंगद्यःलाइ बैशाख शुक्ल प्रतिपदा बछलाथ्व पारुको दिन रथारोहण गरि जात्रा शुरु गर्नु गर्नेमा कोभिड १९ लकडाउनका कारण रथजात्रा रोकिएको थियो ।

अन्न र वृष्टिको देवता मानिने रातो मत्स्येन्द्रनाथको रथजात्राका लागि त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको हिसाबमा बत्तीस हातको रथ बेत र काठमात्र प्रयोग गरी पुल्चोकमा तयार पारिन्छ ।

असार १० गतेदेखि रथ निर्माण शुरू गरेकाे बुंगद्यः(रातो मछिन्द्रनाथ)काे रथमा आज मंगलवारको साइतमा पांग्रा राख्ने काम संपन्न भएको छ। रातो मछिन्द्रनाथको जात्रा लकडाउनको बेला हुने वा नहुने अनिश्चितामा रातो मछिन्द्रनाथ रथको भने व्यापक तयारी भइरहेको छ।असार २३ सम्म रथ निर्माण सम्पन्न हुने बाराही गुथिका एक गुथियारले जानकारी दिएकाे छ ।

रातो मच्छिन्द्रनाथको रथ बनाउन शुरु

दशैंअघि बुंगद्यः (राताे मच्छिन्द्रनाथ)काे जात्रा सकाउने तयारी

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता