मेट्रो संवाददाता
२१ जेठ २०७७ ७:५७
सरकारद्वारा कौसी खेतिलाई प्रोत्साहन
हाल लकडाउनको अवधिमा समयको सही सदुपयोग गर्दै भान्छाको आवश्यक्तालाई पुर्ति गर्न र देशको कृषि तथा वातावरणलाई बढावा दिन कोशी खेति एक राम्रो माध्याम हो । लकडाउनको समयमा अनलाईन प्रविधिमार्फत गैर सरकारी संस्था गुथिले कौसि खेति र घरायसी कम्पोष्टिङको तालिम दिँदै आइरहेको परिप्रेक्षमा जेठ २० गते कौसी खेति र कम्पोष्टिङ सम्बन्धि जिज्ञासाको विशेषज्ञमार्फत समाधान गर्न अनलाईन अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरे ।
अहिलेको समयमा सरकारले कौसि खेतिको महत्वलाई आत्मासाथ गर्दै यसलाई प्रोत्साहन गर्न निति तथा कार्यक्रम ल्याएको छ । ललितपुर महानगरपालिकाले वडा मार्फत निःशुल्क विउ तथा गडयौला मल वितरण गर्न थालिसकेको छ भने किर्तीपुरले पनि ५०% सहुलियत दरमा विउ र मल बेच्ने प्रावधान ल्याएको छ ।
कार्यक्रममाबोल्दै काठमाडौं महानगरपालिकाका शहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठले कामपा कौसि खेतिलाई प्रोत्साहन दिने कार्यमा अग्रसर रहेको बताइन् ।
‘यस्ता कार्यक्रमले एक त घरको जैविक फोहोर व्यवस्थापन गर्ने बारे जानकारी दिन्छ भने अर्कोतर्फ फोहोरको सदुपयोग गरी घरमै तरकारी उत्पादन गर्न प्रोत्साहित गराउँछ ।’ श्रेष्ठले भनिन्, ‘आफ्नो घरको क्षमतालाई मध्यनजर गरि घरलाई भार नपर्ने गरी कौसि खेति गर्नुपर्छ ।’
कार्यक्रममा वातावरण तथा विज्ञानका पूर्वमन्त्री गणेश शाहले काठमाडौं उपत्यकामा कौसी खेतिकालागि घर घरको सर्वेक्षण गर्नुपर्ने बताए ।
उपत्यकामा रहेको कति घरहरुमा कौसि खेति भईरहेका छन् र कति घरहरु कौसि खेति गर्न इच्छुक छन् भन्ने डाटा निस्कने धारण राख्दै शाहले कार्यक्रममा आएका जिज्ञासहरुलाई समेटेर कौसि खेतिबारे पुस्तिका निकाल्नु पर्ने सुझाब दिए ।
उनले कृषि र कौसि खेतिका क्षेत्रमाअझै अनुसन्धान र प्रविधिविकास गर्न जरुरी रहेको र महानगरपालिकाले कौसि खैतिलाई प्रोत्साहन दिन निति तथा कार्यक्रम ल्याउनु पर्ने विचार व्यक्त गरे ।
कार्यक्रमकी प्रशिक्षक तथा कामपा वातावरण विभागकी अधिकृत सानुमैयाँ महर्जनले काठमाडौं महानगरपालिकाले धेरै समय देखि कौसि खेति तालिम संचालन गर्दै आएको र प्रशिक्षार्थिहरुबाट आएका जिज्ञासाहरुको समाधान गर्दै धेरै घरहरुमा कौसि खेतिको सुरुवात गराएको उक्त कार्यक्रममा बताइन् ।
कौशी खेती विज्ञ शेषनारायण महर्जनले कार्यक्रममा सहभागिहरुले कौसी खेती गर्न चाहिने जानकारी, प्रविधि, घरमा रोप्न सकिने विभिन्न तरकारी बाली, कम्पोष्ट आदिका बारेमा आएको जिज्ञासाको जवाफ दिएका थिए ।
त्यसै गरि काठमाडौं महानगरपालिका वडा नं. ९ की सदस्य शोभादेवि मानन्धर र वडा १५ कि सदस्य मैयाँलक्ष्मी महर्जनले आफ्नो वडामा पनि कौसि खेति र कप्पोष्टिङ सम्बन्धी तालिम दिएको बताइन् ।
यस कार्यक्रममा प्रारम्भमा वायोटेक कम्पनीका मनिष प्रतापले आफ्नो कम्पनीबाट कम्पोष्टिङ र कौसि खेतिका लागि स्मार्ट बकेट (कम्पोष्टङका लागि) र स्मार्ट ग्रो व्याग (कौसिमा विरुवा रोप्नकालागि) प्राविधिको बारेमा जानकारी दिए ।
कार्यक्रममाबोल्दै गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले भने, ‘सरकारले कौसि खेतिका लागि ल्याएको नीति असाध्यै राम्रो छ । यो नीति कागजमा मात्र सिमित नभई व्यवहारिक हुनु पर्छ ।’
‘कौसी खेतीद्वारा तरकारी आपूर्तिको कमीलाई सहज गर्नु र भान्छाको जैविक फोहोरलाई व्यवस्थापन गरी यसलाई तरकारी उत्पादनमा प्रयोग गराउन प्रोत्साहित गर्नु जरुरी छ ।’ अमात्यले भने, ‘सहरी कौशी खेतीले हरीयालीलाई बढाउन र पृथ्वीको कार्वन फुटप्रिन्ट घटाउन सहयोग गर्छ । तसर्थ अहिले सरकारले ल्याएको नीतिलाई कार्यान्वयन गर्न घरघरमा कम्पोष्ट विन र विउको व्यवस्था गरी सहरी खेतीलाई प्रोत्साहन गर्नुपर्छ ।’
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


