मेट्रो संवाददाता
१५ असार २०८१ १३:५१
काठमाडौं । फेसबुकमा विभिन्न स्टाटस राखी स्टन्ट गर्दै चर्चामा रहिरहने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार पनि यस्तै चर्तिकला देखाएका छन् ।
आफैंले बोलाएको नगरसभामा आफैं नगएर अरु सदस्यहरूले नगरसभा छोडेर गयो भन्दै फेसबुमा ‘सफेद झूठ’ पोस्ट गरेका छन् ।
साहले लेखेका छन्, ‘एमाले, कांग्रेसले विपि कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नुभयो, मैले चार स्वतन्त्र सेनानी सहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको नाममा गरौं भने । सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरुभन्दा धेरै कांग्रेस एमालेको नेताहरुको योगदान धेरै देख्नु भयो होला । त्यपछि आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।’
तर साहले ‘अरुले नगरसभा बैठक रोकेर जानु भयो’ भनी लेखेको सफेद झूठ भएको नगरसभाका सदस्यहरूले बताएका छन् ।
‘फाेनबाट नगर सभा चलाउन खाेज्ने अनि याे अवस्थासम्म आउन याेगदान गरेका नेतृत्व, त्यसमा पनि प्रधानमन्त्री समेत भइसकेकाहरुलाई सम्झनु गलत हाे र ?’, अर्का नगरसभा सदस्यले बताए ।
‘नगरसभा बस्न हामी ३ घन्टाभन्दा बढी उनलाई कुरेकै हौं, तर उनी नगरसभामा त के, सभागृहसम्म पनि आएनन् । आफैं नआएर हुननसकेको नगरसभा अरु सदस्यको कारण रोक्यो भनेर झूठ बोलेका छन्,’ नगरसभाका एक सदस्यले भने, ‘नभए सभागृह परिसरमा त्यतिका सिसि क्यामेरा छन्, हेर्नुहोस्, को आयो, को आएन भने सिसि क्यामेराबाट देखिहाल्छ ।’
सामाजिक सञ्जालमा विभिन्न पोस्ट गर्दै स्टन्टबाजी गर्ने उनी आफ्नै चर्तिकलाले आफैं फस्दै आइरहेको छन् । अहिलेको पोस्टमा पनि उनी आफैं फस्ने देखिएको छ ।
मेयर साहले आफूले सहीदको नाममा कार्यक्रम गरौं भन्दा नगरसभा सदस्यहरुले नगरसभा नै रोकेको लेखेका छन् । तर विभिन्न वडाका अध्यक्षहरुले सहीदहरुको नाममा पनि कार्यक्रम गरौं, साथै अन्य नेताहरुको नाममा पनि कार्यक्रम राखौं भनेका थिए ।
वडा अध्यक्षहरुले अहिलेको लोकतान्त्रिक व्यवस्था आउनुमा कांग्रेस, एमाले लगायत विभिन्न पार्टीका नेताहरुको योगदान रहेकोले उनीहरुलाई पनि कदर गर्नु पर्ने मत राखेका थिए । तर मेयर साह यो सुन्न नै तयार नभएको उनीहरुले बताएका छन् । उनी कसैको फोन समेत नउठाइ बसेको हुँदा ‘मेयर हराएको सूचना निकाल्नु पर्ने’ भन्दै टिप्पणी समेत भएको थियो ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


