नेवाः समुदायको सांस्कृतिक पहिचान झल्काउने ‘नेवाः सांस्कृतिक ज्ञानकोश’को विमोचन

नेवाः समुदायको सांस्कृतिक पहिचान झल्काउने ‘नेवाः सांस्कृतिक ज्ञानकोश’को विमोचन

मेट्रो संवाददाता

२१ भदौ २०८१ २०:२९

काठमाडौं, भदौ २१ :  ९० वर्ष नाघेका क्रोधकला शिरोमणि कालु कुम्हाः, ८० वर्ष पार गरेका जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ संगीतकर्मी श्रीगोपाल प्रजापति, बौद्ध संस्कृतिविद् यज्ञमानपति वज्राचार्य, र वरिष्ठ साहित्यकार सुवर्ण चित्रकार शुक्रबार राष्ट्रिय नाचघरको मञ्चमा उक्लिए। हातमा टेको र अरुको सहारामा उभिएका यी व्यक्तित्वहरूको एउटै उद्देश्य थियो—नेवाः समुदायको वृहद् पहिचान झल्काउने ‘नेवाः सांस्कृतिक ज्ञानकोश’को विमोचन।

कार्यक्रममा उनीहरूले नेवाः परम्पराअनुसार मण्डलामा पूजा गरी, पुस्तकलाई म्हपुजामा लगाइने क्वखा लगाएर विमोचन गरे। नेपालभाषा एकेडेमीका उपकुलपति मल्ल के. सुन्दरले भने, “यो ज्ञानकोश नेवाः समुदायको आत्मा झल्काउने पुस्तक हो। त्यसैले नेवाः परम्परालाई आत्मसात् गर्दै पुस्तकलाई पूजा गरेर विमोचन गरिएको हो।”

मल्लका अनुसार, ‘नेवाः सांस्कृतिक ज्ञानकोश’ केवल अक्षरहरूको संग्रह नभएर नेवाःहरूको सांस्कृतिक पहिचानलाई वृहद् रूपमा चित्रण गर्ने कोश हो। यसले नेवाः समुदायका भाषा, लिपि, साहित्य, संस्कृति, पर्व, जात्रा, कला, शिल्प, प्रविधि, गीतसंगीत र बाजागाजाबारे विस्तृत जानकारी दिनेछ।

२८ सय पृष्ठमा फैलिएको यो पाँच खण्डको ज्ञानकोशमा ‘नेवाः म्हसीका’ (नेवाः पहिचान), ‘संस्कृति र सम्पदा’, ‘भाषा, लिपि र साहित्य’, ‘म्ये, बाजं व प्याखं’ (गीत, बाजा र नाट्य), र ‘शिल्प, प्रविधि र ज्ञान’ समावेश छन्। यो महत्त्वपूर्ण प्रकाशन काठमाडौं महानगरपालिकाको सहयोगमा नेपालभाषा एकेडेमीले निकालेको हो।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले यस ऐतिहासिक पुस्तकको प्रकाशनमा सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै यसको नेपाली र अंग्रेजी अनुवादका लागि पनि महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाइन्।

त्यस्तै, सम्पदा तथा पर्यटन विभागका संयोजक आशामान संगतले ज्ञानकोश तयार गर्न तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पालामा सम्झौता भएको जानकारी दिंदै यस महत्त्वपूर्ण कार्यमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता