ललितपुरमा इन्द्र जात्राको रङमा विद्यार्थीसँग चित्रकला महोत्सव

ललितपुरमा इन्द्र जात्राको रङमा विद्यार्थीसँग चित्रकला महोत्सव

प्रविण कुमार महर्जन

४ असोज २०८१ १०:०२

प्राथमिक विद्यार्थी कलाकार विधामा प्रथम रोशन बुढा मगर (श्री युवा प्रतिभा विद्या मन्दिर), दोश्रो सरल डंगोल (ज्ञानोदय बालवाटिका) र तेश्रो शिक्षा महर्जन (शान्ति गार्डेन) पुरस्कृत भए। कनिष्ठ विधामा आयांश ज्ञवाली (प्ररामवा वर्ल्ड स्कूल), कृष्ण माझी (कंकेश्वरी आधारभूत) र लिपि महर्जन (क्रिएटिभ एकेडेमी) क्रमशः प्रथम, दोस्रो र तेश्रो भए।

ललितपुर, ३ असोज: संविधान दिवसको अवसरमा लाच्छि लर्निङ सेन्टरले विभिन्न विद्यालयका विद्यार्थीहरूको अद्भुत चित्रकला प्रतिभालाई सम्मानित गरेको छ। कला क्षेत्रमा अघि बढ्न इच्छुक विद्यार्थीलाई प्रोत्साहित गर्दै, ललितपुरको श्री जितापुर गन्धकुटी बिहार परिसरमा इन्द्र जात्राको विशेष चित्रकला प्रतियोगिता सम्पन्न भएको हो।

तस्विर : प्रविण कुमार महर्जन

अतिरिक्त पाठ्यक्रमका प्रतिभालाई उजागर गर्दै

ललितपुर महानगरपालिका-२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले विद्यार्थिहरू विद्यालयको पाठ्यक्रम बाहिर समय निकाल्न गाह्रो हुने बताए। तर, लाच्छि लर्निङ सेन्टरले यस्ता प्रतियोगितामार्फत् विद्यार्थीहरूको अतिरिक्त प्रतिभा उजागर गर्न ठूलो भूमिका खेलेको भन्दै प्रशंसा गरे। महर्जनले विद्यार्थीहरूको अतिरिक्त पाठ्यक्रम गतिविधिहरूको विकासमा लाच्छि लर्निङ सेन्टरको महत्वपूर्ण भूमिका रहेको बताए।

Art Beat का संस्थापक जुजु महर्जनले भने विगतमा विभिन्न विद्यालयमा चित्रकला प्रोत्साहन गर्न सामाग्री वितरण गर्दै आएको उल्लेख गरे। उनले नेपालका तराई, पहाड र हिमाली क्षेत्रसम्म पुगेर बालबालिकालाई चित्रकलामा सहयोग पुर्याउने योजना रहेको खुलाए।

सिनियरमा पहिलाो भएको संजिव श्रेष्ठको कलाकृति ।
जुनियरमा पहिलाो भएको आयांश ज्ञवालीको कलाकृति ।
प्राथमिक विद्यार्थी कलाकार विधाका प्रथम हुने रोशन बुढा मगरको कलाकृति ।

उत्कृष्ट कलाकारहरू पुरस्कृत

प्राथमिक विद्यार्थी कलाकार विधामा प्रथम रोशन बुढा मगर (श्री युवा प्रतिभा विद्या मन्दिर), दोश्रो सरल डंगोल (ज्ञानोदय बालवाटिका) र तेश्रो शिक्षा महर्जन (शान्ति गार्डेन) पुरस्कृत भए। कनिष्ठ विधामा आयांश ज्ञवाली (प्ररामवा वर्ल्ड स्कूल), कृष्ण माझी (कंकेश्वरी आधारभूत) र लिपि महर्जन (क्रिएटिभ एकेडेमी) क्रमशः प्रथम, दोस्रो र तेश्रो भए।

वरिष्ठ विद्यार्थी कलाकार विधामा प्रथम सञ्जीव श्रेष्ठ (क्रिएटिभ लर्नर्स एकेडेमी), सम्झना शाह (श्री पद्मप्रकाश) र कृष कुमार (विश्व निकेतन) पुरस्कृत भए। जनताको छनोट पुरस्कार भने प्रज्वल शाह ठकुरी (विश्व निकेतन) ले हात पारे।

निर्णायकको भूमिका

यस प्रतियोगितामा निर्णायकको भूमिका विज्ञान प्रजापति (मैचा र बौचा का संस्थापक) ले निभाएका थिए।

विजेता सूची:

प्राथमिक विद्यार्थी कलाकार विधा:

प्रथम: रोशन बुढा मगर (श्री युवा प्रतिभा विद्या मन्दिर)
दोस्रो: सरल डंगोल (ज्ञानोदय बालवाटिका विद्यालय)
तेस्रो: शिक्षा महर्जन (शान्ति गार्डेन स्कूल)

कनिष्ठ विद्यार्थी कलाकार विधा:

प्रथम: आयांश ज्ञवाली (प्ररामवा वर्ल्ड स्कूल एण्ड कलेज)
दोस्रो: कृष्ण माझी (कंकेश्वरी आधारभूत विद्यालय)
तेस्रो: लिपि महर्जन (क्रिएटिभ एकेडेमी, कीर्तिपुर)

वरिष्ठ विद्यार्थी कलाकार विधा:

प्रथम: सञ्जीव श्रेष्ठ (क्रिएटिभ लर्नर्स एकेडेमी)
दोस्रो: सम्झना शाह (श्री पद्मप्रकाश माध्यमिक विद्यालय)
तेस्रो: कृष कुमार (विश्व निकेतन माध्यमिक विद्यालय)

जनताको छनौट पुरस्कार:

प्रज्वल शाह ठकुरी (विश्व निकेतन मावि)

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता