मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध

मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध

मेट्रो संवाददाता

१९ असोज २०८१ १३:२८

मन्थली – लगातारको वर्षाका कारण तीन दिनअघि मात्रै सुचारु भएको मन्थली–काठमाडौँ यातायात आज बिहानदेखि पुनः अवरुद्ध भएको छ। दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोलानजिक ज्यामिरे भन्ने ठाउँमा तामाकोशी नदी किनारको बाटो भासिएपछि सवारी आवागमन बन्द भएको हो।

खुर्कोटमा पुल बगाएपछि मन्थलीबाट नेपालथोक–काठमाडौँ मार्ग वैकल्पिक रूपमा चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौरबाट सञ्चालन गरिएको थियो। तर, अब ज्यामिरेमा बाटो भासिएपछि रामेछाप, सोलु, ओखलढुंगालगायतका स्थानबाट काठमाडौँ जाने सवारीसाधन र काठमाडौँबाट छुटेका मालवाहक तथा यात्रुवाहक गाडीहरू रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाले अवरुद्ध भएको बाटो खुलाउन प्रयास भइरहेको जनाएको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता