शुक्लाफाँटा निकुञ्जमा मृत हात्ती भेटियो

शुक्लाफाँटा निकुञ्जमा मृत हात्ती भेटियो

मेट्रो संवाददाता

१९ असोज २०८१ १३:३३

कञ्चनपुर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा एक वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ। निकुञ्जका सूचना अधिकारी मनोज ऐरका अनुसार हात्तीको मृत्यु प्राकृतिक कारणले भएको देखिएको छ।

निकुञ्जका पशु चिकित्सकहरूको टोलीले हात्तीको शरीरको बाह्य र भित्री भागको विस्तृत परीक्षण गर्दा कुनै अप्राकृतिक कारण फेला नपरेको बताइएको छ। हात्ती बस्तीबाट तीन–चार किलोमिटर भित्र फेला परेको थियो, र करेन्ट वा विषादीको कारणले मृत्यु भएको अन्दाज गरिए पनि परीक्षणले यस्तो केही देखाएन।

हात्तीलाई नेपाली सेनाको गस्ती टोलीले मृत अवस्थामा भेट्टाएको थियो। सेनाले दैनिक रुपमा निकुञ्ज क्षेत्रमा गस्ती गर्ने क्रममा हात्तीलाई मृत भेट्टाएर निकुञ्जलाई खबर गरेको थियो।

हात्तीको मलद्वारबाट आन्द्रा र गोवर निस्केको अवस्थामा देखिएको जानकारी पनि दिइएको छ, जसको कारण पेटमा ग्यास भरिएको हुन सक्ने चिकित्सकहरूले बताएका छन्। साथै, हात्ती गर्भवती नभएको पुष्टि गरिएको छ। हिन्दू परम्पराअनुसार सम्बद्ध पक्षहरूको रोहवरमा हात्तीको अन्त्येष्टि गरिएको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता