वडाध्यक्ष महर्जनका चार नयाँ गीत एकैसाथ सार्वजनिक

वडाध्यक्ष महर्जनका चार नयाँ गीत एकैसाथ सार्वजनिक

मेट्रो संवाददाता

२० असोज २०८१ १७:५९

‘जीवनमा १२० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसके, यसै दाैरानमा कयाैंसँग काम गरें । तर यस्तो भावनात्मक अभिव्यक्ति भएको र सांगितिक क्षेत्रमा उत्तिनै मन भएको राजनैतिक खेलाडिसँग काम गर्न पाएर खुसि छु।’ 

काठमाडाैं : काठमाडौं महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष न्हुछेँकाजी महर्जनले रचना गरेका चार वटा गीतका म्यूजिक भिडियोहरू एकैसाथ सार्वजनिक गरिएका छन्।

यी म्यूजिक भिडियोहरू शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमका दौरान मुख्य अथिति पूर्व मन्त्री, प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठ र विशेष अथिति पूर्व काठमाडाैं महानगर प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक गरे।

यस सार्वजनिक कार्यक्रममा बोल्दै श्रेष्ठले स्थानीय भाषा, संस्कृति र कलाको संरक्षण तथा प्रवर्द्धनमा महर्जनले लिएका कदमको प्रशंसा गरे। म्यूजिक भिडियो देखाइएका दृश्यले आफु भुमिगत कालमा बसेको भक्तपुरको घर सम्झेर भावुक भएका प्रमुख अथिति श्रेष्ठले जनप्रतिनिधिले सांस्कृतिक क्षेत्रमा गरेको योगदानले आफु प्रभावित भएकाे बताए ।

कार्यक्रमका अर्का वक्ता निर्देशक तथा वरिष्ठ कलाकार पवन जोशीले आफु यस क्षेत्रमा लागेको ५३ वर्ष भएको बताए । उनले भने, ‘जीवनमा १२० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसके, यसै दाैरानमा कयाैंसँग काम गरें । तर यस्तो भावनात्मक अभिव्यक्ति भएको र सांगितिक क्षेत्रमा उत्तिनै मन भएको राजनैतिक खेलाडिसँग काम गर्न पाएर खुसि छु।’

महर्जनले नेपाल भाषामा रचना गरेका ‘मतिनाया सर्गतय्’, ‘गुँया कापिइ हायाच्वंगु’, ‘छंगु मतिना’, र ‘मांया यःम्ह मचा’ जस्ता गीतहरू सार्वजनिक गरिएको हो।

रचनाकार तथा वडाध्यक्ष न्हुछेँकाजी महर्जनलाई काठमाडौं महानगरपालिका वडा नं. १८ का विभिन्न संघसंस्थाले एक कार्यक्रमका क्रममा बधाई तथा सम्मानपत्र प्रदान गरेका छन्।

यस विशेष अवसरमा नेवाः साधना कलाकेन्द्र, भक्तविद्या आश्रम मावि, ह्याउँम्ह किसि संरक्षण खलः कामपा १८ वडा किलागल, नेकपा एमाले १८ वडा कमिटी, देक्वः गल्ली टोल विकास समाज, र किलागः त्वाः मिसा पुचः लगायतका संघसंस्थाहरूले महर्जनको योगदानप्रति कदर गर्दै उनलाई बधाई ज्ञापन गरेका थिए।

संस्थाहरूले महर्जनले नेपाल भाषाको संरक्षण र प्रवर्द्धनका लागि गरेका प्रयासहरूको सराहना गर्दै आगामी दिनमा पनि यस्तै योगदान रहने अपेक्षा व्यक्त गरेका छन्।

मातिनाया सर्गतय्
पहिलो गीत “मातिनाया सर्गतय्” मा रोजी डंगोल श्रेष्ठको गायन र मनराजा नकहमीको संगीत रहेको छ। स्ट्रिङ रेकर्डिङ स्टुडियोका हरिशरण साय्मीले गीतलाई रेकर्ड गरेका हुन् भने विनोद कुमार भुजेलले संगीत संयोजन गरेका छन्। यस म्युजिक भिडियोलाई सुरज नापितले निर्देशन र कोरियोग्राफी गरेका छन्, जहाँ अनुज शाक्य र हसना महर्जनले अभिनय गरेका छन्।

गुँया कापिं हायाच्वंगु
सञ्जिप प्रधानको गायन र अनिल तुलाधरको संगीत रहेको दोस्रो गीत “गुँया कापिं हायाच्वंगु” अन्नपूर्ण स्टुडियोमा रेकर्ड भएको हो। यस म्युजिक भिडियोमा लेखक महर्जन र सपना डंगोलले अभिनय गरेका छन्, जसलाई पवन जाशीले निर्देशन गरेका छन्। कोरियोग्राफी सुरज नापितले गरेका हुन्।

छंगु मतिना
तेस्रो गीत “छंगु मतिना” मा सानुबाबु महर्जन र निशा देशरको गायन रहेको छ। यो गीत लोकशैलीमा आधारित छ, र म्युजिक भिडियोमा न्हुछेकाजी महर्जन र रूक्साना महर्जनले प्रमुख भूमिका निभाएका छन्। आरसी स्टुडियोका श्याम महर्जनले गीतलाई रेकर्ड गरेका हुन्, र निर्देशन पवन जाशीले गरेका छन्।

मांया यःम्ह मचा
चौथो गीत “मांया यःम्ह मचा” मा किशोर कुमार शाही र सुद्ध लक्ष्मी श्रेष्ठको गायन रहेको छ। यो गीतलाई अन्नपूर्ण स्टुडियोका विजय मास्कीले रेकर्ड गरेका हुन्। म्युजिक भिडियोको छायांकन विजय कुमार सिंहले गरेका छन्। यस म्युजिक भिडियोमा नरेन्द्र डंगोल, नानीमय्‌जु डंगोल, निरज डंगोल, अल्का डंगोल र निजल डंगोलले विशेष भूमिका निर्वाह गरेका छन्।

चारवटा गीतहरु संसार्स अनालाइन टिभि युट्युब च्यानलमा सार्वजनिक भइसकेका छन्।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता