मेट्रो संवाददाता
६ कार्तिक २०८२ १०:४५
रामपुर (पाल्पा) । तिहार नजिकिएसँगै झिनियाँको माग ह्वात्तै बढेपछि पाल्पाका व्यवसायीलाई उत्पादनमै भ्याइनभ्याइ भएको छ । मागअनुसार झिनियाँ पुर्याउन नसकिएको व्यवसायीहरूले बताएका छन् ।
रामपुर नगरपालिका–५ का उद्यमी रुद्रनारायण श्रेष्ठका अनुसार पछिल्ला वर्षमा दिदीबहिनीले दाजुभाइलाई सगुनस्वरूप झिनियाँ दिने चलन बढेकाले बजारमा यसको माग अत्यधिक भएको हो । “उत्पादन गरेमात्र हुन्छ, बिक्रीको कुनै चिन्ता छैन, माग अनुसार पुर्याउनै गाह्रो भएको छ,” श्रेष्ठले बताएका छन् ।
श्रेष्ठले एक दशकदेखि झिनियाँ व्यवसाय गर्दै आएका छन् । श्रीमती लक्ष्मीको सहकार्यमा सञ्चालन भइरहेको व्यवसायमा अहिले छ जना स्थानीयले रोजगारी पाएका छन् । यस वर्ष करिब छ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
श्रेष्ठका अनुसार पाल्पामा उत्पादन भएको झिनियाँ स्याङजा, तनहुँ, नवलपुर, बुटवल, भैरहवा, चितवनलगायत जिल्लामा पठाइन्छ । रामपुर–४ का विष्णु सारुले पनि यसपटक बजारको माग थेग्न मुस्किल परेको बताएका छन् ।
हाल बजारमा झिनियाँको खुद्रा मूल्य प्रतिकिलो एक सय रुपैयाँ र थोक मूल्य ९० रुपैयाँ रहेको छ । छोटो लगानीमा घरमै उत्पादन गर्न सकिने भएकाले महिलाहरूमा पनि यो व्यवसायप्रतिको आकर्षण बढ्दो छ ।
पहिला घरायसी प्रयोजनका लागि मात्रै बनाइने झिनियाँ अहिले तिहारबाहेक विवाह, व्रतबन्ध, तीज र माघे सङ्क्रान्ति जस्ता चाडपर्वमा समेत प्रयोग हुने गरेको छ । व्यवसायीहरूले यसलाई महिला आत्मनिर्भरता र ग्रामीण उद्यमशीलताको अवसरका रूपमा पनि लिएका छन् ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


