मेट्रो संवाददाता
१३ माघ २०७६ ११:२७
काठमाडौं/२०७६ माघ १३
संखरापुर नगरापालिका वडा नं ७ धुलां टोलका पुजारी सुदन राजोपाध्याय्को घरबाट ज्यातिर्लिङ्गेश्वर महादेवको मूर्ति सोमबार राति चोरी भएको छ ।
साँखुको साल्खा महादेवस्थानको नामले चिनिने ज्योतिर्लिङ्गेश्वर महादेवको सुनको जलप लगाएको तामाको प्रतिमूर्ति (करीब ४ सय वर्ष पुरानो जात्रा गरिने देवता) साँखुका मूल पुरोहित सुदन राज राजोपाध्यायको घर शंखरापुर–७ धुँलाटोलबाट गए राति चोरी भएको छ ।
सुदनका काका आनन्द राज राजोपाध्याय राति शौचालय जानको लागि बाहिर निस्कन खोज्दा बाहिरबाट चुकुल लगाएकोले झ्याल खोली बाहिर आउदा मूर्ति राखिएको कोठाको ढोका खुल्लै रहेको र अन्य कोठाहरूमा समेत बाहिरबाट चुकुल राखिएको पाएपछि महादेबको मूर्ति राख्ने कोठामा मुर्ति नदेखिएपछि छरछिमेक तथा प्रहरीलाई खबर गरेको बताए ।
ज्योतिर्लिङ्गेश्वरको प्रतिमूर्ति जनै पुर्णिमाका दिन साँखु बजारमा जात्रा गरिन्छ । अन्दाजी २.५ फिटको चारमुखी सो मुर्ति करिब राति १ देखि २ बजेको बीचमा चोरी भएको अनुमान पुजारी सुदनराज राजोपाध्यायको रहेको छ ।

सुदनकाअनुसार घटना स्थलमा पर्खालको गमला फुटेको र पर्खालसँगै मुर्तिमा रहेको महादेबको नाग भेटिएकोले घरको पर्खाल चढेर घरभित्र आई मुर्ति चोरेको हुन सक्ने आशंका रहेको छ । घरमा ब्रतालुहरूसमेत बस्ने गरेकोले आवतजावतमा समस्या नहोस भनि च्यानलगेटमा केहि दिन देखि ताला नलगाएको उनले बताए ।

घटनाको खबर प्राप्त भए लगतै प्रहरी परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोबिन्द पन्थीले बताए । पन्थीका अनुसार घटनालाई गम्भिररूपमा लिइ सुक्ष्म अनुसन्धान भैरहेको र माथिबाट समेत टोलि आई व्यापक रूपमा अनुसन्धान जारी रहेको छ । लापरवाही र पर्याप्त सुरक्षाको ब्यवस्था नभएकोले उक्त घटना भएको तर कुनै पनि हालतमा अपराधी बच्न नसक्ने प्रहरी निरीक्षक पन्थीले बताए ।
ज्योतिर्लिङ्गेश्वर महादेव ६४ लिंगेश्वर मध्ये ३४ औँ लिंगेश्वरका नाममा चिनिन्छ । यस ठाउँमा माधवनारायण व्रतका व्रतालुहरु शिवरात्रिका दिन जाग्राम बस्दछन् । उक्त दिन जाग्राम बसेपछिमात्रै माधवनारायण व्रतका क्रममा आफूले इच्छाएको पूरा हुने जनबिश्वास रहेको छ ।
उक्त दिन माधवनारायण व्रतका कजी, देवता बोक्ने, साँवागण, गुरुजु पुजारी सहित साँखुको लप्सेफेदी स्थित साधु स्मशानमा गएर पूजाआजा गर्ने चलन रहेको छ । सो पूजा सकिएपछि प्रसाद ग्रहण गरेर राति माधवनारायणको भजन किर्तन गर्दै ज्योतिर्लिङ्गेश्वर परिसरमा जाग्राम बसी भोलिपल्ट बिहानै बज्रयोगिनी माईको दर्शन गर्न जाने प्रचलन रहेको छ ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


