मेट्रो संवाददाता
३१ असोज २०७८ २०:३०

विराट नेपालभाषा साहित्य सम्मेलन गुठीबाट काठमाडाैं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई सम्मानित हुनुभएकाे छ ।
जातीय स्वतन्त्रतालाई दबाएर राष्ट्रकाे उत्थान हुन सक्दैन भन्ने मुल नाराका साथ भक्तपुरमा आयाेजित ६० औं विराट नेपालभाषा साहित्य सम्मेलनमा प्रमुख शाक्य अभिनन्दन हुनु भएकाे हाे ।
प्रमुख शाक्यकाे नेतृत्वमा काठमाडाैं महानगरपालिकाले कला-संस्कृति, सम्पदा र भाषामा पुर्याएकाे याेगदानकाे कदर स्वरूप उक्त संस्थाले उहाँलाई अभिनन्दन गर्नुभएकाे हाे ।
विराट नेपाल भाषा साहित्य सम्मेलन नेपाल भाषाकै गौरवपूर्ण इतिहास बोकेको गरिमामय साहित्य सम्मेलनमा सम्मानित हुनुभएका प्रमुख शाक्यले राज्यले गर्नुपर्ने काम गरेकाे बताउँदै कुनै पनि काम शुरु गर्न गाह्राे हुने तर, एकसमयपछि बिस्तारै बाटाे खुला हुँदै गएपछि त्यस्ताे काम स्वर्तस्फूर्त रुपमा हुँदैजाने बताउनुभयाे ।
‘नेपालसंवत्काे आन्दाेलन पार्टीगत रूपमा शुरू गरेकाे समयमा केही हाेइन जस्ताे लाग्थ्याे।’, शाक्यले भन्नुभयाे, ‘तर, आज राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, मन्त्री क्वाटर तथा विभिन्न पार्टी एवं उच्च निकायहरूले नेपालसंवत्काे उपलक्ष्यमा चियापान गरी शुभकामना आदान प्रदान हुँदा गर्व महशुस हुन्छ ।’
कार्यक्रममा नेपालभाषामा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्न सफल नेपाल भाषा केन्द्रिय बिभाग पाटनका विद्यार्थी प्रजित शाक्यलाई ‘सुरत्न पदक’ र नेपालभाषा बिषय लिई एस इ इ मा उत्कृष्ट अंक प्राप्त गर्ने सदीक्षा महर्जनलाई मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले पदक सहित नगद राशि प्रदान गरेका थिए ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


