मेट्रो संवाददाता
२८ मंसिर २०७८ १३:२२

कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित लाय्कूको गुलक्वाः क्षेत्रमा लाय्कूको एउटा अङ्गको रुपमा तलेजु निर्माणको तयारी भइरहेको छ ।
कीर्तिपुर नगरपालिकाले कलात्मक रुपमा सो क्षेत्रको दक्षिणी मोहडामा वडा भवन निर्माणको तयारी गरेपछि सो विषयलाई लिएर कीर्तिपुर नगरवासीले चासो लिएको हो ।
लाय्कूको गुलक्वाः क्षेत्रमा तलेजु संरचना निर्माण गर्नुपर्ने जनताको भावनालाई आत्मसाथ गर्दै कीर्तिपुर नगरपालिकाले लाय्कू तलेजु अध्ययन समिति समेत गठन गरेको थियो ।
यही मंसिर १२ गते आइतबारका दिन गठित सो अध्ययन समितिमा प्रयागमान प्रधान संयोजक र सदस्यहरूमा बुद्धिलाल ज्यापु, वीरप्रसाद भन्सारी, डा. वज्रमुनि वज्राचार्य, श्रीकृष्ण महर्जन, अर्जुन “नेपाःमि” र भरत महर्जन रहेका छन् । यही मंसिर १६ गते बिहीबारका दिन सो समितिका सबै सदस्यहरू साथै कीर्तिपुर नगरपालिका वडा नं. १ का अध्यक्ष हर्ष महर्जन, वडा नं. २ का अध्यक्ष रमेशमान डंगोलको सहभागितामा कान्तिपुर, ललितपुर, भक्तपुर र मध्यपुर थिमिको तलेजुको बारेमा स्थलगत अध्ययन गरेको थियो ।
अध्ययन पछि समितिको यही मंसिर २० गते सोमबार एक बैठक बसी कीर्तिपुरको वडा नं. १ लाय्कू क्षेत्रको गुलक्वाःमा जाने दक्षिण मोहडामा ललितपुरको तलेजु प्रवेश गर्ने मूल ढोकाको आधारमा बनाउनुपर्ने, सो दक्षिण मोहडाको भवनलाई कलात्मक बनाउनु पर्ने, ढोकाको खुड्किलाको दायाँ बायाँ दुई वटा सिंह राख्नुपर्ने, गुलक्वाःमा उत्तर मोहडा पर्ने गरी वास्तुकला अनुसारको तलेजु निर्माण गर्नुपर्ने सुझाव पेश गर्ने निर्णय गरेको थियो ।
सोही सुझाव कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलाई मंसिर २१ गते मंगलबार नगर प्रमुखको कार्यकक्षमै हस्तान्तरण गर्नुका साथै व्यापक छलफल समेत भएको थियो भने भोलि पल्ट मंसिर २२ गते बुधबार नै कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित गुलक्वाः क्षेत्रमा के कसरी संरचना निर्माण गर्न सकिन्छ भन्ने विषयमा प्राविधिक सहित स्थलगत अवलोकन भएको थियो ।
अवलोकनमा नगर प्रमुख महर्जन, वडा नं. १ का अध्यक्ष हर्ष महर्जन, वडा नं. २ का अध्यक्ष रमेशमान डंगोल, अध्ययन समितिका प्रतिनिधिका साथै आर्किटेक्चरको समेत सहभागिता रहेको थियो । अब सो स्थानको भवनका साथै तलेजुको संरचनाको डिजाइन सहितको नक्सा तयार हुने र चाँडै नै परम्परागत वास्तुकला अनुसारको तलेजु सहितको कलात्मक संरचना निर्माण हुने बताइएको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


