स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति एकैपटक लोकार्पण

स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति एकैपटक लोकार्पण

मेट्रो संवाददाता

३ चैत २०७८ २:१२

केके मानन्धर

‘झर्दा रमाइलो, चढ्दा रमाइलो, थिमिको उकालो । एकातिर वनदेवी छ, ज्ञानको मन्दिर पनि । अर्कोतिर शंखधर पार्कको भीर पनि । सुन्दा रमाइलो, हेर्दा रमाइलो, थिमिको उकालो ।’ स्रष्टा तुल्सीहरि प्रजापतिले गाउनुभएको गीतमा उहाँकै छोराहरु जलज र तुलजले साथ दिएका थिए । शंखधर चोकस्थित थिमि बैंक्वेटमा हरिसुन्दर लाखे र रोशन भासिमाले बनाएको सांगीतिक माहौलालाई प्रजापति परिवारले रौकन मात्र थपेनन् बरु सहभागी सबैलाई मन्त्रमुग्ध बनाएको देखिन्थ्यो । प्रजापतिकै तीन कृति एकैपटक लोकार्पण गरिएको कार्यक्रम साँच्चै हेर्न लायकको थियो ।

कार्यक्रममा मध्यपुर थिमिसँग सम्बन्धित भनाइहरुको विषयमा समेत चर्चा गरिएको थियो । ‘कामकुरो एकातिर कुम्लो बोकी थिमितिर । मरेको बिरालो काखी च्यापी थिमिको उकालो चढ्नु । थिमिलेको नाकैमा दम ।’ यी प्रयुक्त भनाइहरु नयाँ होइन । स्थानिय भनाइलाई लेखक तारानाथ शर्मादेखि महाकवि लक्ष्मीप्रसाद देवकोटाले बहुदलीय प्रजातन्त्र पश्चात् राष्ट्रियस्तरमा प्रचार गरे । साहित्य आफैमा यस्तो सशक्त माध्यम हो जसले एउटै विषयलाई सकारात्मक वा नकारात्मक रुपमा सन्देश प्रवाह गर्ने ल्याकत राखेको हुन्छ । उल्लेखित भनाइहरुले थिमिको नकारात्मक पक्षलाई इँगित गरेकोप्रति स्थानियहरु असन्तुष्ट छन् । सोही नकारात्मक पक्षलाई स्रष्टा तुल्सीहरि प्रजापतिले आफ्नो कृति ‘मेरो प्यारो मध्यपुर थिमि’ मार्फत सकारात्मक सन्देश दिन खोजको देखिन्छ ।

हुनपनि मध्यपुरको सम्पदा, संस्कृति तथा पर्यावरण बेजोडको छ । तर कतिपय लोप भइसकेका र संकटमा रहेका मूर्तअमूर्त सम्पदालाई संरक्षण गरेको दृष्टान्त प्रजापतिले कृति सार्वजनिक उजागर गरेका छन् । कार्यक्रममा स्वनिगःया पलेस्वां, मेरो प्यारो मध्यपुर थिमि र अनबिटेबल नामक तीनवटा कृति लोकार्पण गरिएको थियो । नेपालभाषा, नेपाली र अंग्रेजी गरी तीनवटै भाषामा श्रृजना गरिएका कृतिलाई लोकार्पण पश्चात् बजारमा ल्याएको छ ।

कृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले स्रष्टाको सिर्जनाले मध्यपुरको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रजापतिको कृतिमा संलग्न रहेको गीतलाई राष्ट्रिय गान जस्तै स्थानिय सरकारको लागि नगर गान बनाउन सकिनेतर्फ उहाँले संकेत गरे ।

निश्चल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा भजन गुरु तुल्सीबहादुर प्रजापति, उपमेयर अञ्जनादेवी मधिकर्मी, दिनेश चापागाई, लक्ष्मी श्रेष्ठ, समालोचक कृष्णमोहन जोशी लगायतको सहभागिता थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता