मेट्रो संवाददाता
१० भदौ २०७७ ६:३८
एजेन्सी । हङकङका एक व्यक्ति दास्रोपटक कोरोना भाइरसबाट संक्रमित भएको छ । यस घटनालाई वैज्ञानिकहरुले संसारको पहिलो घटना भएको दावी गरेका छन् ।
४ महिनाअगाडि पहिलोपटक कोरोनाबाट संक्रमित भएका ३० वर्षीय उक्त व्यक्तिमा दोस्रोपटक कोरोना भएको एकदमै दुर्लभ घटना हो ।
हङकङ विश्वविद्यालयको रिपोर्टअनुसार उक्त व्यक्ति १४ दिन अस्पतालमा उपचार गरेपश्चात कोरोना संक्रमण निको भएका थिए । संक्रमण निको भएपश्चात घर फर्केका थिए । एयरपोर्टमा स्वास्थ्य जाँचकोक्रममा उनीमा पुनः कोरोना संक्रमणको पुष्टि भएको हो ।
“पहिलो पटक कोरोना संक्रमणबाट निको भएको साढे चार महीनापछि एक स्वस्थ्य युवालाई दोस्रो पटक संक्रमण पुष्टि भएको छ ”, हङकङ विश्वविद्यालयका एक अनुसन्धानकर्ताले भनेका छन् ।
उही व्यक्तिमा कोरोनाभाइरसको पुनःसंक्रमण भेटिएसँगै केही व्यक्तिहरुमा यो भाइरसविरुद्धको प्रतिरोधात्मक शक्ति केही महीनासम्म मात्रै रहने निष्कर्षमा अनुसन्धानकर्ताहरु पुगेका छन् ।
ती युवामा पहिलो पटक कोरोना भाइरस संक्रमणका क्रममा सामान्य लक्षण मात्र देखिएका थिए । पुनःसंक्रमणमा भने उनमा कुनै पनि लक्षण देखिएको छैन ।
ती युवा पछिल्लोपटक स्पेन भ्रमणबाट फर्किएका थिए । उनी भ्रमणकै क्रममा नयाँ कोरोनाभाइरसबाट संक्रमित भएको चिकित्सकको ठहर छ ।
उनमा देखिएका अहिलेका लक्षण गत जुलाईमा युरोपमा देखिएको भाइरससँग मिल्दो खालको भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
लण्डन स्कुल अफ हाइजिन र ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेनका अनुसार कोरोना संक्रमण फर्किने एकदमै दुर्लभ घटना हो । यस घटनाबाट के प्रमाणित हुन्छ भने भाइरसले समयअनुसार आफुलाई परिवर्तन गर्छ त्यसैले यसविरुद्ध खोपको अत्यन्तै जरुरी छ ।
जब कोही ब्यक्तिलाई कोरोना संक्रमण भएर निको हुन्छ उनको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बिकास हुन्छ र भाइरसलाई फेरी शरीरमा प्रवेश गर्नबाट रोक्छ ।
तर, हङकङका अनुसन्धानकर्ताहरुले दोस्रो पटकको संक्रमणको कारण र भाइरसको प्रकृतिबारे समेत गरेको यो पहिलो अनुसन्धान भएको बताइएको छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


