मेट्रो संवाददाता
९ माघ २०७६ १८:२०
काठमाडौं/बिहिबार, ०९, माघ, २०७६
नेपाल खड्गी सेवा समितिको आयोजनामा यही माघ १० र ११ गते नेवाः फुटसल कासा हुने भएको छ ।
समितिको सातौं राष्ट्रिय महाधिवेशनका अवसरमा आयोजना हुने फुटसलमा खड्गी समुदायको दुई समूहका साथै ज्यापु, मानन्धर, देसार, ताम्रकार, राजकर्णिकार, श्रेष्ठ, पुतुवार र बलामी समुदाय बीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रथम हुने समूहलाई ५० हजार र द्वितीय हुने समूहलाई २५ हजार नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
सम्मेलनमा ५ दशकदेखि क्रियाशील समाजको देशभर ४२ जिल्लामा ७६ वटा शाखा रहेको र यही माघ १८ देखि २० गतेसम्म सातौं राष्ट्रिय महाधिवेशन आयोजना गरिन लागेको बताउनु अध्यक्ष अन्जिता खड्गीले जानकारी दिनु भयो ।
सातौं राष्ट्रिय महाधिवेशनका क्रममा १८ गते शनिवार बिहान १० बजे सांस्कृतिक ¥यालीको आयोजना गरिने बताउनु हुँदै उद्घाटन कार्यक्रममा देशब्यापी गुथि थाकुलिहरुको सम्मान, स्वास्थ्य शिविर सञ्चालन, रक्तदान कार्यक्रम, नायः विशेष सम्मान, सांस्कृतिक तस्वीर प्रदर्शनी, सांस्कृतिक तथा सांगीतिक कार्यक्रम, नेवार परिकारका स्टलका साथै रञ्जना लिपि क्यालिजात्रा गरिने जानकारी दिनु भयो ।
समाजका संरक्षक मनोज नेवाः खड्गीको विशेष उपस्थितिमा भएको कार्यक्रममा देशभरका नायः, खड्गीहरुलाई एकीकृत गरी समुदायगत हीतका लागि संस्था क्रियाशील रहेको बताउनु भयो ।
उहाँले देशमा रहेका विभिन्न समाजहरु क्रियाशील भएमा देशकै विकासमा टेवा पुग्छ भन्नुभयो ।
यसैगरी ज्यापु महागुथि नेपाःका अध्यक्ष लोककवि राजभाइ जकःमिले महाधिवेशन सफलताको कामना गर्दै नेवाः सद्भावना दूतका रुपमा आफूलाई खड्गी समुदायले दिएको सम्मानको सराहना गर्दै नेवाः स्वायत्त राज्यको प्राप्तिबाट मात्रै नेवारहरुको हक अधिकार स्थापित हुन्छ भन्नुभयो ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


