एनपिएल: पोखराको पहिलो जित, गौसको ऐतिहासिक शतक

एनपिएल: पोखराको पहिलो जित, गौसको ऐतिहासिक शतक

मेट्रो संवाददाता

२१ मंसिर २०८१ १६:३२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले आफ्नो पहिलो जित दर्ता गर्दै लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मंगलबार भएको खेलमा पोखराका ओपनरहरूको उत्कृष्ट प्रदर्शनले लुम्बिनीको लक्ष्य सजिलै पछ्याएको हो।

लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमै एक विकेट पनि नगुमाई पूरा गर्‍यो। पोखराका एन्ड्रिज गौसले अविजित १०४ रनको ऐतिहासिक पारी खेले। उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गर्दै एनपिएलको इतिहासमा पहिलो शतक बनाउने कीर्तिमान स्थापित गरे। अर्का ओपनर दिनेश खरेलले ४६ बलमा ६१ रन बनाएर टोलीलाई सानदार जित दिलाए।

लुम्बिनीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिँदै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन बनाए। टम मूर्सले ४५ र सन्दीप जोराले १८ रनको योगदान गरे।

पोखराका लागि विपिन खत्रीले २ विकेट लिँदा म्याट क्रिचलेले १ विकेट हात पारे।

यसअघि पोखराले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटले हार ब्यहोरेको थियो।

लुम्बिनीका लागि यो दोस्रो हार हो। यसअघि विराटनगर किङ्ससँग दुई विकेटले पराजित भएको लुम्बिनीले आजको हारले आफ्नो स्थिति झन् कमजोर बनाएको छ।

पोखराको यो जितले टोलीलाई प्रतियोगितामा मनोबल बढाउने अपेक्षा गरिएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता