मेट्रो संवाददाता
१३ माघ २०७६ ९:४२
काठमाडौं, माघ १३ । जहाँनिया राणा शासनको विरुद्ध नेपाली जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गर्नुभएका धर्मभक्त माथेमाको सम्झनामा पूर्ण कदको शालिक निर्माण भएको छ । माथेमालाई तत्कालिन शासकले झुण्ड्याएर मृत्युदण्ड दिएको सिफलको उकालो बकाइनाको रुख भएकै स्थानमा उहाँको पूर्णकदको शालिक निर्माण भएको हो । काठमाडौं महानगरपालिकाले निर्माण गरेको सो शालिक आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गर्नुभयो ।
करीब १७ लाखको लगानीमा निर्माण भएको सो शालिकको अनावरण गर्दै मेयर शाक्यले जनताको स्वतन्त्रता र अधिकार प्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गर्ने चार शहीद अहिले पनि हरेक नेपालीको मन–मुटुमा रहेको स्मरण गर्नुभयो । ‘उहाँहरुले (चार शहीद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर) मेरो र मेरो परिवारका लागि होइन राष्ट्र र जनताका लागि केही गर्नुपर्छ भन्ने निस्वार्थ भावनाले तत्कालिन राणा शासनका विरुद्धमा आन्दोनल गर्नुभयो,’ मेयर शाक्यले धर्मभक्तको पूर्णकदको शालिक अघिल्लतिर उँभिएर चार शहीदको सम्झना गर्दै भन्नुभयो, ‘उहाँहरुले आफ्ना लागि केही माग्नु भएन । जति माग्नु भयो देश र जनताका लागि माग्नुभयो, त्यसकारण पनि हामी उहाँलाई सम्झिरहन्छौैँ र हाम्रो पुस्ताले पनि उहाँहरुलाई सम्झिरहनुपर्छ ।’
मेयर शाक्यले अहिले पनि म र मेरो परिवार भन्दा पनि राष्ट्र र जनताका लागि भनेर संघर्ष गर्नेहरुको सङ्ख्या निकै थोरै भएको भन्दै त्यतिबेला आफ्नो परिवारको सन्तान गुमाउने शहीद परिवारको सम्मानका लागि पनि महानगरपालिकाले चार शहीदका पूर्णकदका लागि निर्माण गर्ने योजना बनाएको र त्यसले पूर्णता प्राप्त गरेको बताउनुभयो । ‘हामीले आज यहाँ धर्मभक्तको पूर्णकदको शालिक निर्माण गरेको छौँ,’ शाक्यले भन्नुभयो, ‘अब माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरलाई गोली हानेर मृत्यु दण्ड दिएको शोभा भगवतीमा उहाँहरुको पूर्णकदको शालिक अनवरण गर्ने कार्यक्रम छ ।’
सहिद सप्ताह मुल समारोह समितिका संयोजक समेत रहनु भएका मेयर शाक्यले शहीदहरुको सम्झनामा महानगरपालिकाले सप्ताहव्यापि कार्यक्रम कै आयोजना गरेको पनि बताउनुभयो । ‘हामीले चार शहीदको सम्झनामा आयोजना गरेको सप्ताहव्यापि कार्यक्रम अन्र्तरगत नै माघ १० गते विहान शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको टेकु खरिवोट नजिक रहेको शास्त्रीको पूर्णकदको शालिकमा माल्यार्पण गर्र्यौ,’ उहाँले भनन्नुभयो, ‘सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिका भेला भएर सुरक्षा निकायको व्याण्ड र सहिदहरुको तस्विर राखिएको बग्गीसहितको प्रभात फेरी सहिद पार्क लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुनेछ । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । सभामा नेपाली सेनाले सहिदको सम्मानमा ‘सम्मा गारद’ अर्पण गर्नेछ । त्यसै दिन मध्यान्न १२ बजे एक तोपको सलामी अर्पण गरिनेछ ।’
कार्यक्रममा बोल्दै उमेयर हरिप्रभा खड्की श्रेष्ठले पनि शहीदहरुको सम्मानमा महानगरपालिका लागि परेको बताउनुभयो । उहाँले पनि चार शहीदकै पूर्णकदको शालिक निर्माणमा महानगर लागि परेको बताउनुभयो । वडा नम्बर–७ का अध्यक्ष शुद्धकुमार डंगोलले यो वर्ष धर्मभक्तको पूर्णकदको शालिक निर्माणमा जुटेका कारण शहीदहरुको सम्झनामा अन्य कार्यक्रम गर्न नभ्याएको भन्दै आगामी वर्षमा उहाँहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो । डंगोलले सोही स्थानमा यस अघि धर्मभक्तको अर्धकदको शालिक रहेको र सो शालिक माथेमा गुठीलाई जिम्मा दिएको पनि बताउनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै धर्मभक्तका भजिता समेत रहनु भएका शिक्षाबिद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले, महानगरले शहीदहरुको पूर्ण कदको शालिक निर्माण गर्न लगाएपछि सहिदको बलिदानीका बारेमा नयाँ पुस्तालाई स्मरण गराउन सजिलो भएको बिचार राख्नुभयो । माथेमा गुठीका अध्यक्ष नरेशरामभक्त माथेले पनि यसरी महानगरपालिकाले शहीदको सम्झना गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
शालिक कलाकार महेश तुलाधरले बनाउनु भएको हो । शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर मृत्युदण्ड दिइएको थियो । उहाँ वि। सं। १९६६ साल आश्विन १ गते काठमाडौंको ओमबहालमा जन्मिनु भएको थियो । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हत्या गरिएको थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


