मेट्रो संवाददाता
२३ माघ २०७६ १०:३०
प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालमा भएको उक्त कार्यक्रमका वक्ताहरुले प्रेसलाई र पत्रकारको कलमलाई नियन्त्रण गर्ने विधेयक वा कानून कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने धारणा राखे ।
कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका सल्लाहकार वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले भाषिक पत्रकारिताको विकासको लागि प्रजातन्त्र मात्र हौइन, समावेशी प्रजातन्त्र आउनु पर्ने बताए ।
नेपाल पत्रकार महासंघका उपाध्याक्ष विपुल पोखरेलले पत्रकारलाई लाइसेन्स चाहिने खालको कानून आयो भने त्यसको विरोधमा सडकमा उत्रिने बताए ।
नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले पत्रकारिता क्षेत्रमा राणा शासनकाल फर्किएको आशंका ब्यक्त गरे । काउन्सीलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार पनि जिम्मेवार ढङ्गले अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपाल विधागत पत्रकारिता विकास उपसमितिका संयोजक चेतनाथ धमला, काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषाल, पत्रकार दबूका निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जनले आ–आफ्नो भनाई राखे । प्रेस काउन्सिल नेपालको आयोजनमा भएको उक्त कार्यक्रमको संयोजन नेवाः पत्रकार राष्ट्रिय दबूले गरेको हो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


