मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान

मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान

केके मानन्धर

२० असोज २०८१ १३:४४

भक्तपुर : मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ। थिमि भैलः (भैलः नाच) मध्यपुर थिमि क्षेत्रको परम्परागत नृत्य हो, जसलाई जीवन्त राख्न, प्रवद्र्धन गर्न र नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यमा ताहाननि टोलको महत्त्वपूर्ण भूमिका रहेको छ। यो भूमिकालाई कदर गर्दै, सहकारी संस्थाले १७ औं वार्षिक साधारणसभामा थिमि भैलः २०८१ व्यवस्थापन समितिका माइला प्रजापति र कलाकारहरू तृशल प्रजापति (ज्यापुंगः), अशोक प्रजापति (न्हापा भैलः), बाल मुकुन्द प्रजापति (लिपा भैलः), आयुष प्रजापति (न्हापा दागिं), र शाहील प्रजापति (लिपा दागिं) लाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेको हो।

साधारणसभाको अवसरमा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले सम्बोधन गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण सहकारीहरूलाई सहकारी पुँजी संरक्षित कोष, न्यायाधिकरण, र स्थिरीकोषमा आवद्ध हुन आह्वान गरे। उनले सहकारी क्षेत्रको विकृति र समस्याहरूलाई सम्बोधन गर्न नगरपालिकाले सहकारी ऐन र नियमावली बनाएको बताउँदै, समस्यामा रहेका सहकारी संस्थाहरूलाई सुधारको मौका दिनुपर्नेमा जोड दिए।

त्यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नं. ८ का वडाध्यक्ष र सहकारी ऐन मस्यौदाकार रमेश थापाले स्थानीय स्तरमा सञ्चालित सहकारीमा मात्र बचत गर्न सेयर सदस्यहरूलाई आह्वान गरे। उनले सहकारी संस्था ससाना पुँजीलाई चलायमान गर्न सक्षम रहेको बताउँदै, वार्षिक साधारणसभा गर्ने, पारदर्शी हिसाब किताब प्रस्तुत गर्ने र सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थाहरूलाई विश्वास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा संस्थाको वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गरियो, जसअनुसार संस्थाको सन्तुलन रु. १८,९५,८०,८३२।४२ रहेको र चुक्ता पुँजी रु. १,४६,९७,८००।– रहेको छ। आर्थिक वर्ष २०८०–८१ मा संस्थामा १५०३ सेयर सदस्यहरू रहेका छन्, जसमा ९०० पुरुष र ६०३ महिला सदस्यहरू छन्। यी सबै विवरणहरू कोपोमिस सफ्टवेयर मार्फत अनलाइन अद्यावधिक गरिएको जानकारी गराइयो।

साधारणसभा संस्थाका अध्यक्ष कृष्ण काजी मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ रहेका थिए भने विशेष अतिथि वडाध्यक्ष रमेश थापा, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, समाजसेवी न्हुछेरत्न मानन्धर, नेफ्स्कूनकी सुशीला पराजुली, सिवा सायमि खलःका अध्यक्ष मनोज लाल मानन्धर, केन्द्रीय मानन्धर संघका सहायक सचिव तुलसीकाजी मानन्धर, र मध्यपुर सञ्चार समाजका अध्यक्ष चन्द्रकृष्ण (गोपाल) श्रेष्ठ लगायत विभिन्न सहकारी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षा उपसमितिका सदस्य नरेन्द्र श्रेष्ठको संयोजनमा कोषाध्यक्ष प्रेम सुन्दर श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिका सदस्य कृष्ण सुन्दर प्रजापतिले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चारकर्मी सागर गुरागाइँले सञ्चालन गरेका थिए भने महिला सदस्य मेनुका भासिमाले स्वागत मन्तव्य र पूर्वअध्यक्ष सुमन श्रेष्ठले धन्यवाद मन्तव्य दिएका थिए।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता