ललितपुर : ललितपुरको नख्खु खोलामा गत साता आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ। बाढीपछि त्यहाँका बासिन्दा अस्थायी स्थानमा बसेर पुनःस्थापनाका लागि प्रयासरत छन्। तर, बाढीले सिर्जना गरेको दुर्गन्धका कारण उनीहरू महामारी फैलिने डरले थप चिन्तित बनेका छन्।
नख्खु खोलामा बाढीले बगाएर ल्याएका जनावरका शव र ढल फुटेको हुँदा दुर्गन्ध फैलिएको छ। बाढीपीडितहरू मास्क लगाएर काम गर्न बाध्य छन्, तर दुर्गन्धका कारण महामारी फैलने जोखिम अझै कायमै रहेको उनीहरूको धारणा छ।
ललितपुर महानगरपालिकाले दुर्गन्ध कम गर्न खोला क्षेत्रमा औषधि छर्केको छ। वडानं ४ का मिलन यसमाइली मगरका अनुसार औषधिको प्रयोगले दुर्गन्धमा कमी आए पनि पूर्ण रूपमा नहटेकाले महामारी फैलिने त्रास हटेको छैन।
वडानं १३ का वडाध्यक्ष गणेश केसीले पछिल्लो तीन दिनदेखि नगरप्रहरीले खोलामा निरन्तर औषधि छर्किरहेको जानकारी दिए। उहाँले बाढीले ढल फुटाएको र यसले दुर्गन्ध बढाएको स्वीकार गर्दै, व्यवस्थापनमा प्रयास जारी रहेको बताए।
वडानं २५ मा बस्दै आएकी रेणु लिम्बूले हावाले दुर्गन्ध फैलिँदा काम गर्न असह्य भएको बताइन्। बाढीले पुरिएका सामान निकाल्न खोज्दा दुर्गन्धले काम गर्न गाह्रो भएको र बिरामी पर्ने डरले पीडितहरूलाई झनै चिन्तित बनाएको छ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...



