काठमाडौँका संवेदनशील क्षेत्रमा भेला–प्रदर्शन दुई महिनासम्म निषेध

काठमाडौँका संवेदनशील क्षेत्रमा भेला–प्रदर्शन दुई महिनासम्म निषेध

मेट्रो संवाददाता

१ कार्तिक २०८२ ९:४२

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीका विभिन्न क्षेत्रलाई दुई महिनाका लागि भेला, धर्ना, जुलुस र प्रदर्शन निषेध क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशअनुसार पाँच जनाभन्दा बढी व्यक्ति भेला भई कुनै पनि विरोध कार्यक्रम गर्न नपाइने भएको हो । प्रशासनले भीडबाट तोडफोड, आगजनी वा अशान्ति हुने सम्भावना रहेको भन्दै यस्तो कदम चालेको जनाएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जारी आदेशले राष्ट्रपति कार्यालय शीतल निवास, सिंहदरबार, बालुवाटार, लैनचौर, नारायणहिटी दरबार संग्रहालय क्षेत्रलगायत स्थानहरूमा कुनै पनि प्रकारका प्रदर्शन, धर्ना वा सभामा रोक लगाएको छ ।

सिंहदरबारको चारै दिशासँगै प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रियसभा अध्यक्षका निवास आसपासका क्षेत्र, महालेखा परीक्षक कार्यालय, सर्वोच्च अदालत र पुरातत्व विभागअगाडिसम्म पनि निषेध लागू गरिएको छ ।

यो आदेश आजदेखि लागू भई दुई महिनासम्म कायम रहने प्रशासनले जनाएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता