काठमाडौं – काठमाडौंको उत्तरपश्चिममा अवस्थित ऐतिहासिक स्थल बालाजुस्थित बाइसधारामा यस वर्षको ‘ल्हुति पुन्ही’ मेला तथा खट जात्रा भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारीहरू पूरा गरिएको छ। मेला व्यवस्थापन संयोजक प्रकाश बलामीका अनुसार चैतकाे ३० गते हुने २२ धारा मेलाकाे सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको र भक्तजनहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ।
नेपाल भाषामा ‘ल्हुति’ भन्नाले ढुङ्गाबाट रसाएर आएको पानी जनाइन्छ। यही ढुङ्गाको पहरोबाट पानी बग्ने विशेषताका कारण ऐतिहासिक बालाजु क्षेत्रको नाम ‘ल्हुति’ रहन गएको हो। यस क्षेत्रलाई ल्हुतिकोट पनि भनिन्छ, जहाँ प्रसिद्ध बाइसधारा, बालनिलकण्ठ, सितलामाई मन्दिर (प्याथ अजिमा), जामाचो बुद्धस्तुपा, नागार्जुन महादेवलगायतका ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरू अवस्थित छन्।
वडा अध्यक्षको आग्रह
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठको समेत विशेष उपस्थिति रहेको थियो। उनले बाइसधारा जस्ता ऐतिहासिक तथा धार्मिक सम्पदाहरू हाम्रो सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै, “बालाजु बाइसधारा क्षेत्र हाम्रो गौरव हो। यहाँको खट जात्राले हाम्रो मौलिक संस्कृति जोगाइरहेको छ,” भन्दै सम्पूर्ण भक्तजन र नगरवासीहरूलाई जात्रामा उपस्थित भई खट जात्रा र बाइसधाराको सांस्कृतिक गरिमा संरक्षणमा हातेमालो गर्न आग्रह गरेकी थिइन्। साथै, उनले यस्ता जात्राहरू धार्मिक पर्यटन प्रवर्द्धनका लागि पनि महत्वपूर्ण अवसर हुने बताइन्।
इतिहास र महत्व
कान्तिपुरका राजा जयप्रकाश मल्लले नेपाल सम्बत ८७५ मा २१ वटा धारा निर्माण गराएपछि यस क्षेत्रको नाम बाइसधारा रहन गएको हो। पछि राजा रणबहादुर शाहले वि.सं. १८५५ मा एक अतिरिक्त ठूलो धारा निर्माण गरे। विक्रम संवत २०१८ मा राजा महेन्द्रद्वारा बालाजुमा पार्क निर्माण गरिएको थियो, जुन वि.सं. २०२१ देखि सर्वसाधारणका लागि खुला गरिएको हो।
चैत्र शुक्ल पूर्णिमाको दिन बाइसधारामा स्नान गरी बालनिलकण्ठको पूजा र नागार्जुन टुप्पामा रहेको विपश्वी बुद्धको दर्शन गर्ने धार्मिक परम्परा छ। जनविश्वासअनुसार सो दिन स्नान गरेमा चर्मरोग निको हुने र प्याथ अजिमा (श्री सितलामाई) को दर्शनले विफर रोगबाट छुटकारा पाइन्छ भन्ने मान्यता रहेको छ।
खट जात्राको सांस्कृतिक धरोहर
ल्हुति पुन्ही मेलाको विशेष आकर्षण ५ दिने खट जात्रा हो, जुन काठमाडौं उपत्यकाको उत्तरपश्चिम क्षेत्रको सबैभन्दा ठूलो जात्राको रूपमा चिनिन्छ। यसमा चारवटा खटहरू — नौरी विनायक गणेश (पुरानो गुल्येश्वरी), श्वेतविनायक गणेश (बालाजु), लोलाङको जितगुरु गणेश र बज्रयोगिनी — सहभागी हुने गर्छन्। जात्राको अन्तिम दिन यी देवताहरूको खटमा सिन्दुर जात्रा गरी विधिपूर्वक समापन गरिन्छ।
यस्तो छ व्यवस्थापन तयारी
समितिका संयोजक बलामीका अनुसार मेला व्यवस्थित गर्न विभिन्न तयारीहरू गरिएको छः
१. २२ वटै धाराहरू तथा धार्मिक सम्पदाहरूको महत्व दर्शाउने व्यवस्था
२. मन्दिर दर्शनका लागि स्काउट, सुरक्षा निकाय र स्वयंसेवकको परिचालन
३. आपतकालीन स्वास्थ्य सेवा र एम्बुलेन्सको तयारी
४. खानेपानी तथा शौचालय व्यवस्थापन
५. बालाजु चोकदेखि उद्यान र बाईपास क्षेत्रसम्म उच्च सुरक्षा सतर्कता
६. नेवारी परिकार र परम्परागत वस्तु प्रवर्द्धन गर्ने स्टल
७. प्रत्यक्ष प्रसारणका लागि मिडिया र एलईडी स्क्रिनको व्यवस्था
८. स्वयंसेवक, सुरक्षाकर्मी र अतिथिका लागि चिया–नास्ता तथा खानाको व्यवस्था
९. खट जात्रालाई प्रवर्द्धन गर्न विभिन्न संघ–संस्थासँग सहकार्य
१०. स्थानीय कलाकार र नेपाल प्रहरी ब्याण्डबाट सांस्कृतिक प्रस्तुति
समापनमा धन्यवाद कार्यक्रम
मेला तथा जात्रा सम्पन्न भएपछि सहयोग पुर्याउने सबै सरोकारवाला व्यक्तिहरूको उपस्थितिमा धन्यवाद कार्यक्रम आयोजना गरिने संयोजक बलामीले जनाएका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, चिकित्सक समूह, जनप्रतिनिधि लगायतको समन्वयमा यो वर्षको ‘ल्हुति पुन्ही’ मेला तथा खट जात्रा ऐतिहासिक, सांस्कृतिक र धार्मिक भावनाले ओतप्रोत रूपमा सफल पारिने अपेक्षा गरिएको छ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...




