का.म.पा.–१३ क्लब मार्ग सामुदायिक विकास केन्द्रको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

का.म.पा.–१३ क्लब मार्ग सामुदायिक विकास केन्द्रको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मेट्रो संवाददाता

५ कार्तिक २०८२ २०:५१

काठमाडौं। काठमाडौं महानगरपालिका–१३ वडास्थित क्लब मार्ग सामुदायिक विकास केन्द्रले नेपाल सम्वत् ११४६, शुभ दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

क्लब मार्ग कालिमाटीमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका सदस्य, समाजसेवी र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

काठमाडौं महानगरपालिका–१३ वडाका वडा अध्यक्ष ध्रुव नारायण मानन्धरले सम्पूर्ण वडावासीको सुख, समृद्धि र दीर्घ शुभकामना व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा सहभागीहरूले पर्वहरूले ल्याउने आपसी सद्भाव, सहअस्तित्व र मिलनको भावनाले सामाजिक एकता र सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

संस्थाका सल्लाहकार राम शरण डंगोलका अनुसार केन्द्रले अन्य सामाजिक तथा सामुदायिक गतिविधिहरू पनि सञ्चालन गर्दै आएको जानकारी दिइएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता