स्वयम्भूमा भूकम्पले क्षतिग्रस्त पुजारीका घर तथा कर्मराजा महाविहारको पुनःनिर्माण  ७०% निर्माण कार्य पूरा

स्वयम्भूमा भूकम्पले क्षतिग्रस्त पुजारीका घर तथा कर्मराजा महाविहारको पुनःनिर्माण ७०% निर्माण कार्य पूरा

मेट्रो संवाददाता

२४ माघ २०७६ १६:४०

काठमाडौं/ स्वयम्भूमा भूकम्पले क्षतिग्रस्त पुजारीका घर तथा कर्मराजा महाविहारको पुनःनिर्माणमा भएको प्रगतिका बारेमा माघ २३ गते एक कार्यक्रम आयोजना गरी जानकारी दिइएको छ ।

स्वयम्भू पुनःनिर्माण तथा व्यवस्थापन उपभोक्ता समितिद्वारा पुनः निर्माण भइरहेको कामको प्रगति विवरण स्थानीय सरोकारवालाहरु समक्ष होटल बज्र विज्येश्वरीमा जानकारी दिए ।

कामपाका प्रवक्ता एवम् १५ वडाध्यक्ष ईश्वरमान डंगोलले सहजीकरण गरेको कार्यक्रममा उपस्थित महानुभावले राखेका विविध जिज्ञासाको उत्तर प्राविधिक राजेश श्रेष्ठले दिनुभएको थियो ।

निर्माण कम्पनीका राजेश श्रेष्ठले निर्माणको क्रममा भएका कार्यहरुका साथै अहिलेसम्मको प्रगतिको बारेमा जानकारी दिए । श्रेष्ठले सबै निर्माण एकैसाथ सम्पन्न गर्ने उद्देश्यका साथ अगाडि बताए।

‘पहिले कर्मराजा महाविहारको निर्माण अघि बढ्दा पुजारीका घर नबन्ने हो कि भन्ने भ्रम उत्पन्न भएको र अहिले पुजारी घर पुनःनिर्माण अगाडि बढ्दा कर्मराजा विहार नबन्ने हो कि भन्ने भ्रम भएकोले काममा केही कठिनाइ भएको हो’, श्रेष्ठले बताए ।

स्वयम्भू क्षेत्रमा पुरातात्विक हिसाबमा निर्माण गर्नुपर्ने भएकोले पुरातत्व विभागको स्वीकृतिकै लागि पनि समय लागेको र पुरातत्वकै स्वीकृतिमा अहिले बलियो निर्माणका लागि ¥याफ्ट ढलानसहित डण्डी र सिमेन्टको प्रयोग भएको बताए ।

प्रविधि नयाँ भए पनि स्वरुप भने पुरानै दिइने र अगाडितर्फ दाचि इँटाले निर्माण गरिने भएकोले सुरुमा अनुमान गरिए भन्दा केही लागत बढ्ने श्रेष्ठले बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेता झलनाथ खनालले स्वयम्भूमा भइरहेको पुनःनिर्माणको प्रगतिले आफूलाई हौसला मिलेको बताए । खनालले निर्धारित मितिमै काम सकाउन सबै पक्ष मिलेर अगाडि बढ्न पनि आह्वान गरे ।

कार्यक्रममा काठमाडौं क्षेत्र नं. ८ का संघीय सांसद जीवनराम श्रेष्ठ, प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्य लगायतले आफ्नो मन्तव्य राखेको थियो ।

उक्त कार्यक्रममा स्थानीय समाजसेवी सुवर्णमान डंगोल, प्रकाश अमात्य, स्वयम्भूका पुजारी ईश्वर बुद्धाचार्यलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

वास्तुकला परामर्शको प्राविधिक सल्लाहमा आशिस समानान्तर जेभीले निर्माण कार्य गरिरहेको छ ।

सन् २०१९ को फेबु्रअरीबाट सुरु गरिएको निर्माण कार्य २०२० को अगष्ट १५ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको र हालसम्ममा ७०% निर्माण कार्य पूरा भएको जानकारी दिइएको थियो । सो पुनःनिर्माणका लागि १३ करोड ५२ लाख ९८ हजार ४८ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता