मातृभाषा दिवसको अवसरमा काठमाडौं जनबहालमा साहित्यिक व साँस्कृतिक कार्यक्रम

मातृभाषा दिवसको अवसरमा काठमाडौं जनबहालमा साहित्यिक व साँस्कृतिक कार्यक्रम

मेट्रो संवाददाता

२६ माघ २०७६ १८:५९

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा फागुन ९ गते शुक्रवार जनबाहलमा साहित्यिक व सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका २५ वडाअध्यक्ष नीलकाजी शाक्यको विशेष उपस्थितिमा केलत्वाःको सकल नेपाःमिको आयोजनामा कार्यक्रम सम्पन्न भयो ।
जगतसुन्दर ब्वनेकुथिका विद्यार्थीहरुले गीतमार्फत स्वागत गरेको उक्त कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले आफ्नो मन्तब्यसँगै कविता सुनाए ।
कार्यक्रममा नेपालभाषा टाइम्सका सम्पादक सुरेशकिरण मानन्धरले सबैभन्दा पहिला नेवारभाषाबाट राष्ट्रिय गान गाउन पाएकोमा खुशी भएको बताउँदै अन्तर्राष्ट्रिय मातृभाषा दिवसको महत्व बारे मन्तब्य राखे ।
कार्यक्रममा साहित्यकार मथुरा साय्मि, डा. पुष्पराज राजकर्णिकार, नारद बज्राचार्य, राजभाइ जकःमि, रोनिका श्रेष्ठ, नरेश अमात्य, सजगता मानन्धर, शाक्य सुरेन, दिब्या ताम्रकार, विमलप्रभा बज्राचार्य, रमेश श्रेष्ठ, धर्मराज राजकर्णिकार, स्नेह साय्मि, अनिक शाक्य, अर्जुन महर्जन, लक्ष्मीकुमार महर्जन, बद्री वेदना, पुष्कर माथेमा, शैलेश शाक्य, अमृत रत्न शाक्य, राजा बज्राचार्य र विजयरत्न असंबरेलगायतले आ–आफ्नो साहित्य पाठ गरेका थिए ।
त्यस्तै कार्यक्रममा यचु शाक्य र निभा डंगोल, सुरजबीर बज्राचार्य, सोनी राजभण्डारी, सिरपाः खड्गी, लजना मानन्धर, गंगा बज्राचार्य, मानिक शाही, शैलेन्द्र तुलाधरलगायतले गीत प्रस्तुत गरेका थिए ।
मच्छिन्द्र क्लबका अध्यक्ष प्रबोध कसाःले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद दिँदै कार्यक्रम समाप्त भएको घोषणा गरे ।

किन मनाइन्छ अन्तर्राष्ट्रिय मातृभषा दिवस

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको ईतिहास बंगलादेशको शहिद दिवससँग जोडिएको छ । संसारभरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइरहँदा बंगलादेशमा शहिद दिवस मनाइन्छ ।

सन् १९५७ सालमा बंगाली भाषा बोल्न पाउनुपर्ने माग गर्दै बंगलादेशको राजधानी ढाकामा आन्दोलन भएको थियो । फेब्रुअरी २१ का दिन राज्यले आन्दोलनमा दमन गर्दा ढाकाको विश्वविद्यालयका पाँच विद्यार्थीले शहादत प्राप्त गरेका थिए ।

संसारभरिमा भाषिक आन्दोलनमा व्यक्ति शहिद भएको यो एउटैमात्र घटना मानिन्छ । यसै दिनको स्मरणमा बंगलादेशमा फेब्रुअरी २१ लाई शहिद दिवसको रुपमा मनाइन्छ ।

सन् १९९९ मा संयुक्त राष्ट्र संघले मातृभाषा बोल्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो भन्दै फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा घोषणा गरेको हो ।

बंगलादेशमा फेब्रुअरी २१ दिन सरकारी विदा दिने गरिन्छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता