काठमाडौं महानगर-१५ र नेपाली सेनाबीच खाद्यान्न संकट र संक्रमणको न्यूनीकरण गर्न छलफल

काठमाडौं महानगर-१५ र नेपाली सेनाबीच खाद्यान्न संकट र संक्रमणको न्यूनीकरण गर्न छलफल

मेट्रो संवाददाता

१७ चैत २०७६ २२:३६

कोरोना भाईरस (कोभिड १९) ले महामारीका रुपमा विश्वनै आतङ्कित भईरहेको बेलामा नेपालमा पनि यस भाईरसले कुनै किसिमबाट ठुलो नोक्सानी नहोस् भन्ने हेतु कामपा १५ वडावासीलार्इ संकट घडीमा समसमायिक जनचेतानाको दिने, आपतकालमा गर्नुपर्ने काम र यस रोगसँग लड्न दीर्घकालिन योजनाको बारे आज छाउनी ब्यारेकस्थित रेञ्जर गणको प्रागणमा छलफल भएको छ ।

छलफलमा १५ वडा अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, १५ वडा सदस्यहरु निमा घ्याम्चो तामाङ, आनन्दराम गौतम, मैयाँलक्ष्मी महर्जन, रेञ्जर फस्र्ट बटालियणका गणपति कर्णेल राजेश शाही, रेञ्जर रेजिमेन्टका मेजर सिताराम बस्नेत, रेञ्जर फष्ट बतालियनका मेजर नानु खड्का, महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख डिएसपि लालध्वज सुवेदी, शसस्त्र बल हेडक्वार्टरका डिएसपि सुमन जंग थापाको सहभागीमा छलफल भएको थियो ।

खाद्यान्न संकट र संक्रमणको न्यूनीकरण गर्न दैनिक जीवनयापनलाई चाहिने न्यूनतम खाद्यान्नलाई पाकेट बनाई न्यूनतम मूल्यमा घर–घरमा पुर्याउनको लागि वडास्तरीय एक समूह गठन गर्ने भएको छ । उक्त समुहमा नेपाली सेना, शसस्त्र प्रहरीबल र नेपाल प्रहरीको समेत सहभागिता हुनेछ ।

साथै कोरोना संक्रमण सुरक्षार्थ रेञ्जर रेजिमेन्टबाट बनाएको पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट (पीपीई)को प्रदर्शन पनि गरिएको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता